Wednesday, June 5, 2013

फेसबुकमा 'भेरिफाइड पेज'

न्युयोर्क (एजेन्सी), जेष्ठ २१ - संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल
फेसबुकले टि्वटरझैं 'भेरिफाइड पेज र एकान्ट' सुरु गरेको छ ।
प्रयोगकर्ताले यसबाट सहज ढंगले आफूलाई मनपर्ने स्टारको अकाउन्ट पत्तो
पाउने छन् । यसअघि साँचो र झूटो अकाउन्ट पत्ता लगाउन गाह्रो थियो ।
फेसबुकले अहिले यस्तो पृष्ठको सुरुवात सेलिब्रेटी, पत्रकार, सरकारी
अधिकारी र लोकपि्रय व्यावसायिक ब्रान्डको हकमा गरेको छ । प्रयोगकर्ताले
यस अनुरूप 'भेरिफाइड पेज' मा नीलो रंगको सानो घेरा देख्न पाउनेछन् । उक्त
घेरामा सेतो रंगको 'सही' चिन्ह अंकित हुनेछ । यसबाट सहजै सक्कली अकान्ट
पत्ता लगाउन सकिन्छ ।

No comments:

Post a Comment