Sunday, June 2, 2013

एसएलसी नतिजा असार पहिलो साता

१९ जेठ, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको
एसएलसी परीक्षाको नतिजा ढिलोमा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने
गरी तयारी गरिरहेको छ ।
उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक
खगराज बरालले जानकारी दिनुभयो । त्यसमध्ये दुई वटा केन्द्रको मात्रै
उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले
भन्नुभयो-"नतिजा सार्वजनिक गर्नतीव्र रुपमा काम भइरहेकोले प्राविधिक
समस्या नआए असार पहिलो साताभित्रमा परीक्षाफल सार्वजनिक गर्नेछौँ ।"
गत चैत १ देखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको ७९औँ संस्करणको
एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी सहभागी भएका
थिए । परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो ।
यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र पुनर्परीक्षा
-एक्जाम्टेड)तर्फ एक लाख १७ हजार ६८ जना सहभागी भएका छन् । गत वर्ष जेठको
३१ गते नतिजा सार्वजनिक भएको थियो । रासस

No comments:

Post a Comment