नेपालगन्ज/जाजरकोट, असार ६ - दश जोड दुईको परीक्षा दिएर कामको खोजिमा
भारतको उत्तराखण्ड राज्यको गौरिकुण्ड गएका जाजरकोट टालेगाउाका ६ युवाको
बाढीले बगाएर मृत्यु भएको छ ।
सागै गएका साथीले टेलिफोन मार्फत् घरमा खबर गरेपछि घटना थाहा भएको हो ।
उनीहरुको केदार धाम जाने बाटोमा अचानक आएको बाढीपहिरोमा परी मृत्यु भएको
खबरसागै गएका दलबहादुर सिंहले दिएको जाजरकोट प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा टालेगाउ-४ का २७ बषर्ीय अभिबहादुर सिंह,२० बषर्ीय
गणेशबहादुर सिंह, २१ का बखतबहादुर सिंह, २२ का धिरेन्द्रबहादुर सिंह, १९
बषर्ीय बीरेन्द्र ब सिंह र टालेगाउ ७ का १८ बषर्ीय हरीबहादुर शाहीको
मृत्यु भएको प्रहरीले जनाएको छ ।
२७ बषर्ीय अभि बीएडमा पढ्थे । अरु सबै १२ कक्षाको परीक्षादिएर काम खोज्न
भारतको उत्तराखण्ड गएका हुन् । मृत्युको खबरले टालेगाउा शोकमग्न छ । एउटै
गाउका धेरै युवकले दुर्घटनामा ज्यान गुमाएकाले गाउाले गहिरो शोकमा परेका
छन् ।
No comments:
Post a Comment