चितवन, असार ६ - शनिबार त्रिशुली नदिमा बेपत्ता५ मध्ये एक किशोरीको शव आज
बिहान फेला परेको छ ।
कुरिनटारबाट बेपत्तामनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश गाविस ५
स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।
स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रेग्मीका काकाले
शवको पहिचान गरेकाले मुचुल्का तयार गरीपरिवारलाई जिम्मा लगाइएको ईलाका
प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।
बेपत्ताअन्य चार फेला परेका छैनन् । शनिबार छुट्टी मनाउन आएका अन्य रजनी
रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेका हो
। उनीहरु १८ देखि २२ बर्षसम्म उमेर समूहका हुन् ।
No comments:
Post a Comment