Saturday, June 15, 2013

एउटै गाउँबाट सातसय युवा कतारमा

३१ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारका लागि विदेसिनेको संख्या एउटा
गाउँबाट कति होला ? अर्घाखाँचीको बाँगी गाविसबाट कामका लागि विदेसिनेको
संख्या ७ सय छ । त्यसमा पनि एकाधबाहेक सवैजसो कतारमा गएका छन् ।
घरैपिच्छेका युवा विदेशमा छन् । कुनै घरका त तीन/चार जनासम्म पुरुष
वैदेशिक रोजगारीमा छन् ।
परिणामतः गाउँमा मासिक एक करोड रेमिट्यान्स भित्रिने अनुमान छ । र, यही
रेमिट्यान्सले गाउँको मुहार पनि फेरिदिएको छ । सबैका घर जस्तापाता र ढलान
भएका छन् । गरिब परिवार र सबै गाउँलेको जीवनशैली परिवर्तन भएको
शुक्रबारको कान्तिपुर मा खबर छ । अधिकांशले सहरी क्षेत्रमा घडेरी किनेका
छन् भने छोराछोरीहरु पनि १२ किलोमिटर टाढाको निजी विद्यालयमा पढ्न थालेका
छन् ।
कतारमा काम र सीप हेरेर मासिक १० देखि ५० हजार कमाई हुने गरेको र गाउँबाट
कतार पुगेका युवाको अवास्था राम्रो रहेको गाउँ फर्किएका कुझेरीका मणिराम
थापाले भने ।

No comments:

Post a Comment