Sunday, June 16, 2013

नेपाल बन्दले जनजीवन प्रभावित

२ असार, काठमाण्डौं । चुनावको मितिघोषणामा असन्तुष्टि जनाउँदै सरकार
विरुद्ध आन्दोलन गरिरहेका दलहरुले आज नेपाल बन्द गराएका छन् ।
नेकपा-माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका ४२
दलले सयुक्त रुपमा गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित बनेको छ

बन्दका कारण बिहानै गाडी नचल्दा नागरिकहरुलाई कठिनाइ भएको छ । उपत्यका
बाहिर जाने र भित्रीने गाडीहरु पनि चलेका छैनन । पानी परेपनि
बन्दकर्ताहरु बिहानै सडकका चोक चोकमा भेला भएर गाडी चल्न रोक लगाइरहेका
छन् । काठमाण्डौंका चोक चोकमा प्रहरीहरु पनि बाक्लो संख्यामा तैनाथ
गरिरहेका छन् । बन्दका कारण विद्यालयहरु बन्दहुँदा लाखौ विद्यार्थीको
पढाई प्रभावित भएको छ ।
बन्दको बेला पनि एम्बुलेन्स, प्रेस र अति आबश्यक सवारीलाई भने चल्न
बन्दकर्ताले बताएका छन् । बन्द साँझ ६ बजेपछि मात्रै बन्द खुल्नेछ ।
बन्दकर्ताले प्रमुख चारदलबीच भएको ११ र २५ बुदे सहमति खारेज गरि नयाँ
सहमतिमा जानुपर्ने माग गर्दै आएका छन् । सरकारले वार्ताका लागि आहृपान
गरेपनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरुले वार्ता पनि नगर्ने
बताइरहेका छन् ।
बन्दका क्रममा सडकमा निस्किएर बन्द आह्वान गरिरहेका केही बन्दकर्तालाई
प्रहरीले पक्राउ गरेको छ । धनगढीमा बन्द गराउँदै हिँडेका अशोक कोइराला र
दिलीप खतिवडा पक्राउ परेका छन् भने सिन्धुलीमा सिन्धुलीमा धनलाल स्वाम्वु
पनि पक्राउ परेका छन् ।

No comments:

Post a Comment