Sunday, June 23, 2013

च्याउ खाँदा एकको मृत्यु, १४ बिरामी

दाङ- बिशालु च्याउ खाँदा दाङमा एकजनाको मृत्यु भएको छ। एक दर्जन बढी
बिरामी परेका छन्। दाङको काभ्रे १ फुरुङका १२ वर्षीय बिहाल खड्काको च्याउ
खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी सोही गाउँका अन्य १४ जना
बिरामी परेका छन्। शनिबार बेलुका जंगलबाट च्याउ ल्याएर खाएका गाउँलेहरु
रातिदेखि बिरामी परेका थिए। बिरामी परेकामध्ये गम्भिर भएका खड्काको
आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामी परेका १४ जनाको
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भैरहेके छ।
पानीमा डुव्दा दुई बालकको ज्यान गयो
पानीमा डुब्दा आइतबार दाङमा दुई बालकको मृत्यु भएको छ। दाङको सिसहनियाँ ५
स्थित नहरमा खेल्दै गर्दा स्थानीय दुई बालकको डुबेर मृत्यु भएको इलाका
प्रहरी कार्यालय लमहीले जनाएको छ। मृत्यु हुनेमा २१ महिनाका सुरज चौधरी र
२ वर्षीय अरुण चौधरी छन्। उनीहरुलाई उपचारका लागि घोराही लयाउँदै गर्दा
बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment