Sunday, June 23, 2013

देख्ने भन्छन्-चार धाममा धेरै नेपाली मरे, सरकार भन्छ-थाहा छैन

९ असार, काठमाडौं । मजदूरी काम र देवीदेवताको दर्शन गर्न भारतको
उत्तराखण्ड गएका नेपालीको बेहाल भएको छ । उर्लंदो बाढी, पहिरोबाट
बल्लतल्ल ज्यान जोगाएर फर्किएकाहरुलाई त्यो कहालीलाग्दो दृश्यले अहिले
पनि झस्काउँछ । दुईचार पैसा कमाउन गएकाले साथमा भएको पैसा पनि बाढी
पहिरोमा बगाउनुपर्यो । चारधाम दर्शन गर्न गएका कतिको परमधाम भयो । कतिजना
जंगल र पहाडको बाटो हुँदै अत्तालिँदै फर्किरहेका छन् ।
भारतको बाढी पहिरोमा बल्लतल्ल ज्यान जोगाएर फर्किएकाहरुको भनाईमा त्यहाँ
धेरै मान्छे मरेका छन् । भारतीयसँगै नेपालीलाई पनि बाढीले बगाएको छ,
पहिरोले पुरेको छ । बाँच्नेहरुको हालत पनि दयनीय छ । कति लुटिएका छन् ।
धेरैजना बेखर्ची भएर अलपत्र छन् । भारतले आफ्नो नागरिकसँगै नेपालीको पनि
उद्दार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर बाढी पहिरोमा कतिजना
फसे भन्ने यकिन तथ्याँक आउन नसकेको परराष्ट्रको भनाई छ ।
'यति नै मरे या बेपत्ता भए भन्ने केही थाहा हुन सकेको छैन' परराष्ट्र
मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो-'भारत
सरकारसँग समन्वय गरेर उद्दारको काम भैरहेको छ, दूतावासबाट समेत कर्मचारी
खटिएका छन्, अहिलेसम्म झण्डै दुईसयजना सम्पर्कमा आएका छन् ।'
डरलाग्दो दृश्य
भारतको बाढी पहिरोलाई प्रत्यक्ष भोगेका नेपालीलाई त्यो दृश्य सम्झँदा
अहिले पनि आङ जिरिंग हुन्छ । केदारनाथ दर्शन गर्दागर्दै उर्लिएर आएको
बाढीमा बल्लतल्ल ज्यान गुमाएर फर्किएका काठमाडौं कलंकीका प्रद्युम्न
खड्काले अनलाइनखबरसित भन्नुभयो-'६ दिनअगाडि बिहानको बेला हामी दर्शन
गर्दैथियौं, एकैपटक ठूलो बाढी र पहिरो आयो । मैले हेर्दाहेर्दै कतिलाई
बगायो ।कति पुरिए । हाम्रो रुवाबासी भयो । अत्तालिँदै यताउता दौडियौं ।
तल खोला नजिकै राखिएको हाम्रो बस पनि बगायो । हाम्रो जस्तै झण्डै दुईसय
वटा गाडी खोलाले बगाएको छ । केदारनाथमा रहेका हाम्रो समूहका कसैलाई केही
भएन । तर हामीसँगै बदि्रनाथ गएका सातजना बेपत्ता छन्। बाढी पहिरोपछि जता
हेरेपनि लासैलास । रुवाबासी र छटपटी । कति खान नपाएर बिजोग छ । जाँदा
सद्धे बाटो र्फकंदा नामो निशान छैन । हामी कसरी बाँच्यौं भनेर अहिले
अचम्म लागिरहेको छ । त्यहाँबाट हरिद्वारा आउने मूल सडक त भत्केर केही छैन
। गाउँबाट आउने सानो सडक रहेछ । अहिले हामी त्यही बाटो हुँदै हरिद्वारतिर
र्फकंदैछौं । त्यहाँको बयान गरेर साध्यै छैन । धेरै नेपाली फसेका छन् ।
दर्जनौंको मृत्यु भएको हुन सक्छ ।'
झण्डै हजारजना फर्किए
भारतको बाढीपहिरोमा फसेकामध्ये झण्डै एकहजार नेपाली घर फर्किएका छन् ।
बाँके र कञ्चनपुर नाका हुँदै शनिबार मात्र सातसयभन्दा बढी नेपाली
फर्किएका गृह मन्त्रालयले जनाएको छ । यसरी र्फकने नेपालीमध्ये धेरैजना
बेखर्ची छन् । उनीहरुलाई स्थानीय प्रशासनले बाटो खर्च बापत एकहजारदेखि १५
सय रुपैंया उपलव्ध गराएको छ । भारत सरकारले सीमासम्म ल्याईदिएपछि उनीहरु
घर फर्किएका हुन् । अरु नेपाली पनि यसैगरी र्फकने क्रममा रहेको
मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment