Monday, June 24, 2013

सिंगो परिवार नै लागुऔषध तस्करीमा !

१० असार, काठमाण्डौं । सिन्धुपाल्चोक घर भई काँडाघारी बस्ने गम्भीरमान
श्रेष्ठको परिवारको कथा हो यो । लागुऔषध नियन्त्रण व्युरोका अनुसार
श्रेष्ठ परिवारका चारजना अहिले जेलमा छन् । जेल आउने जाने भइरहन्छ, तर
उनीहरुले कारोबार छाडेका छैनन् ।
दुई छोरी उर्मिला र सीता गत ३० जेठमा नियन्त्रित औषधि बु्रपेनफिर्न र
डाइजेपामसहित पक्राउ परेकाछन् । पटक पटक पक्राउ परे पनि छुटेलगत्तै
उनीहरु कारोबारमा लाग्ने गरेको प्रहरीले जनाएको छ ।
लागु औषध सेवन गर्दा एक किशोर छोराको ज्यान गएपनि उक्त दम्पत्तीले पेसा
नछोडेको नयाँ पत्रिकामा खबर छ । उक्त दम्पत्तीले ६ वटी छोरीलाई पनि
कारोबारमा सामेल गराएका छन् । उनीहरुका छोरीहरुले लागुऔषध केहो भन्ने
थाहा नपाउँदै ओसारपसारमा लागेका थिए । जान्ने भएपछि कोहीले बिहे गरी गए
पनि दुई छोरीले भने बुवाआमाको बिँडो थाम्दै कारोबारलाई निरन्तरता दिएका
थिए । दुई छोरीहरु तेस्रो पटक पक्राउ परेका थिए । उनीहरुको बिहेपछि
ज्वाईहरुलाई पनि सोही पेसामा सामेल गराएका थिए । उनीहरुसँगै श्रीमान पनि
पक्राउ परेपछि दोस्रो बिहे गरेका थिए । दोस्रो पटकका श्रीमान पनि पक्राउ
परेपछि उनीहरुले व्याईफ्रेन्ड बनाउँदै हिँड्न गरेका छन् । उक्त परिवार १२
बर्षदेखि निरन्तर लागूऔषध कारोबारमा सक्रिय रहेको छ ।

No comments:

Post a Comment