Friday, June 21, 2013

बन्द उद्योगबाट ५ हजार बोरा अबैध मल बरामद

७ असार, बुटवल । रुपन्देहीमा रहेको पूर्वाञ्चल फर्टिलाइजरबाट ४ हजार ८ सय
३९ बोरा अबैध मल बरामद भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवल र
जिल्ला प्रहरी कार्यालयको संयूक्त टोलीले लुकाइरहेको अवस्थामा उक्त अबैध
मल बरामद गरेको हो । भारतबाट गैरकानुनी रुपमा मल आयात गरेर लुकाइ
राखेकोभन्ने सुराकीमा बिहीबार छापा मारिएको थियो ।
उद्योग ३ वर्षदेखि बन्द अबस्थामा रहेपनि संचालकहरुले भारतबाट अबैध रुपमा
मल आयात गरेर बेच्दै आएको खुलेको छ । बरामद गरिएका मलका केही बोरा भारतीय
पि्रन्टमा भेटीएको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । अबैध रुपमा मल
आयात गरेको भन्दै संचालक सञ्जय जैसवाल र नारायण बरईलाई भन्सार ऐन २०६४
अनुसार कारबाही गरिने बताइएको छ ।

No comments:

Post a Comment