Thursday, December 27, 2012

ध्रुवे समान्त नेताहरु चितवन जाने

१२ पुस, काठमाण्डौं । मान्छे मार्ने जंगली हात्ती मार्ने निर्णय भएको दुई
साता वितिसक्दा पनि हात्ती नियन्त्रणमा आएको छैन । चितवनका दल र
सर्वसाधारणले प्रशासनले हात्ती नमार्ने पो हो कि भन्ने शंका गर्न थालेका
छन् । यो शंका मेटाउन प्रशासनले राजनीतिक दलका नेताहरुलाई नै जंगल लगेर
हात्ती नियन्त्रणका प्रयास नियाल्ने मौका दिने भएको छ ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. महेश्वर ढकालका अनुसार आउँदो
शनिबार दलहरु घरेलु हात्तीमाथि बसेर हात्ती नियन्त्रणमा लिन निकुञ्जले
गरेको प्रयासको अनुगमन गर्नेछन् । बुधबार चितवन जिल्ला प्रशासनमा भएको
सर्वपक्षीय छलफलमा यस्तो निर्णय भएको नागरिक दैनिकमा खबर छ ।
अनुगमनमा जाने टोलीको नेतृत्व प्रमुख जिल्लाअधिकारी हिमनाथ ढवाडीले
गर्नेछन् । 'हात्तीलाई स्थायी नियन्त्रणमा लिने कुरा मंसिर १ को बैठकमा
भएको थियो । त्यसपछि दुई जनालाई मारेपछि पुस १ को बैठकले हात्ती मार्ने
निर्णय गरेको थियो । तर हात्ती नमरेपछि उत्पन्न आशंका निवारण गर्न
अनुगमनमाजाने भएका हौं' दवाडीले भने ।

No comments:

Post a Comment