Sunday, June 2, 2013

कोरियामा पुन: नेपालीको मृत्यु

सोल, जेष्ठ १९ - कोरियामा एक नेपालीको मृत्यु भएको छ । ईपीएस कोटामार्फत्
१३ महिना अघि आएका भोजपुर चम्पेका लोकेन्द्र स्माली मगरको आईतबार बिहान
मृत्यु भएको हो ।
लोकेन्द्रका साथी गोबिन्द मगरले दिएको जानकारी अनुसार उनले शनिबार बेलुकी
५:३० बजेसम्म काम गरेक थिए । आइतबार बिदा भएकाले साथीसंग खाना खाएर राती
३ बजेतिर सुतेका उनी बिहान ६ बजे छटपटाइरहेको थाहा पाएपछि साथीहरुले पानी
खुवाएका थिए । त्यसको केहीबेरमा नै उनको मृत्यु भएको थियो ।
उनी इन्छन पुच्छनको एक फर्निचर कम्पनीका कामदार हुन् । त्यहाँ अर्को एक
नेपाली कामदार पनि छन् । प्रारम्भिक अनुसन्धानबाट लोकेन्द्रको मृत्यु
हृदयघातबाट भएको जनाइए पनि
बिस्तृत विवरण आएको छैन । हाल शब पुच्छनको उरी अस्पतालमा राखिएको छ ्र
मृतकका एक पत्नी र एक छोरी छन् । मृतकको परिवारलाई र सोल स्थित नेपाली
दुताबासलाई साथीहरुले जानकारी दिइसकेका छन् । यसै हप्तामात्र गिम्छन
शहरमा धादिङकी गौरी तामाङ र गुल्मी हर्दिनेटा ६ का अर्जुन पन्तले
झुन्डिएर आत्महत्या गरेका थिए
http://www.ekantipur.com/np/2070/2/19/full-story/369247.html

No comments:

Post a Comment