बैतडी, असार ३ - महाकालीमा आएको बाढीले कटान बढेपछि दार्चुला सदरमुकाम
खलंगा अस्तब्यस्त भएको छ । एक महिला बेपत्ता भएकी छन् । दिउँसो १:३०
बजेसम्म ४० घर बगाईसकेको छ । अहिलेसम्म जिल्लामा ५३ घर बगाइसकेको छ ।
धाप ५ की सरस्वती रैखोला बेपत्ता भएकी छिन् । नदीमा दाउरा खोज्न गएका
बेला बाढीले बगाएको हो । शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय,
स्वास्थ्य कार्यालयको शव गृह, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ ।
छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड
खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएकोछ । जिल्ला अस्पताल
छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब
उपरीक्षक कुबेर कडायतले बताए । भूसंरक्षण कार्यालय, जिविस, खुलामञ्च
लगायतका क्षेत्र उच्च जोखिममा छन् ।
आईतबार राती खलंगा ५ बागाबगड, रिगनेताल क्षेत्रका ३० घरटहरा बगाएको थियो
। सदरमुकामका बासिन्दा घरछाडेर डाडातिर उक्लिएका छन् । प्रहरी, सेना र
स्थानीय उद्घारमा खटिएपनि लगातारको वर्षाले समस्या भएको प्रहरीले जनाएको
छ । सीमा पारीको भारतीय बजार धार्चुलामा २० घर बढी बगाएकोछ ।
यस्तै, महाकालीमा बहाव बढेपछि बैतडी प्रशासनले नदी किनारका बासिन्दालाई
सतर्क रहनन सूचना गरेको छ । बैतडीका सेरा, जुलाघाट लगायतका क्षेत्र
जोखिममा छन् ।source ekantipur.com
No comments:
Post a Comment