एसएलसीको परीक्षाफल आज, नतिजा अनलाइनखबर डटकमबाट पनि हेर्न सकिने
२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९ को नतिजा आज प्रकाशन हुने भएको
छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न एसएलसी बोर्ड बैठक आज बस्दै छ ।
बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा
सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने बारेमा छलफलहुनेछ । आजको
बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका परीक्षार्थी, निरिक्षक,
उत्कृष्ट केन्द्राध्यक्षलाई दिइने पुरस्कार र गेसमार्कको मापदण्ड लगायतको
बारेमा छलफलहुने छ ।
नतिजा प्रकाशनको पूर्व तयारीभइसकेको भन्दै परीक्षा नियन्त्रक खगराज बर
बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरे आजै प्रकाशन गर्ने सम्भावना
बढेको बताउनुभयो । प्रवेशिका परीक्षा अर्थात २०६९ को एसएलसीमा कुल पाँच
लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको
नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले यसअघिनै
जानकारी गराइसकेको छ।
परीक्षाको नतिजा अनलाइनखबर डटकम मा हेर्न सकिने छ । त्यस्तै परीक्षा
नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने
सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट
www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np , परीक्षा नियन्त्रण
कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा
हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १४०० मा फोन गरेर पनि परीक्षाफल
थाहा पाउन
source onlinekhabar.com
No comments:
Post a Comment