Tuesday, June 11, 2013

दाउदको नेटवर्कमा कुन कुननेपाली ?

२८ जेठ, काठमाण्डौं । जाली भारतीय रुपैयाँको कारोबारका आरोपी तीन नेपाली
भारतीय 'अन्डरवल्र्ड डन' दाउदको इब्राहिम समूहको प्रत्यक्ष सम्पर्कमा काम
गरिरहेको खुलासा भएको छ ।
आतंकवाद र जाली रुपैयाँ अनुसन्धानमा सक्रिय प्रहरीको विशेष व्युरोले
नक्कली भारुसहित समातिएका मोहम्मद नरुल्लाह र रविराज सिंह तथा फरार आरोपी
सुनिलजंग रायमाझी दाउद समूहको प्रत्यक्ष सम्पर्कमा रहेको प्रमाण फेला
पारेको नागरिक दैनिकमा खबर छ ।
वैशाख २४ मा त्रिभुवन विमानस्थलबाट एक करोड नक्कलीभारुसहित पाकिस्तानी
नागरिक फारुक शेष मोहम्मद र उनलाई लिन त्यहाँ पुगेका काठमाण्डौं
बागबजारका नरुल्लाह पक्राउ परेका थिए । रायमाझी भने अझै फरार छन् ।
जाली भारु कारोबारीको जालोबारे अनुसन्धानरत प्रहरीस्रोतका अनुसार एक
महिना लामो अनुसन्धानबाट यी तीनै जनाको सम्पर्क जालो खेातल्दा नरुउल्लाह,
सिंह र रायमाझी अफताव बट्कीको प्रत्यक्ष सम्पर्कमा रहेको तथ्य भेटिएको हो
। बट्की दाउदका मुख्य चार सहयोगी (छोटा सकिल, इकवाल मिर्ची, सुनिल
दुवईपछि) मध्ये पर्दछन् ।

No comments:

Post a Comment