भक्तपुर, जेष्ठ २८ - परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी
नतिजा डिजिटल मिडियामामात्र दिने भएको छ ।
सरकारी दैनिक गोरखापत्र र अन्नपूर्ण पोष्टमा प्रकाशन गर्दै आएको नतिजा
पहिलोपटक डिजिटल मिडियामामात्र प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण
कार्यालयले जनाएको छ । टेलिफोन र डिजिटल मिडियामा सवैको पहुँच पुगेको
निष्कर्षमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमा नतिजा
सार्वजनिक गर्न लागेको हो ।
एसएलसी नतिजा प्रकाशन भएलगत्तै ईकान्तिपुर डटकममा उपलब्ध हुनेछ ।
ईकान्तिपुरसँगै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट soce.gov.np ,
शिक्षा मन्त्रालयको moe.gov.np , शिक्षा विभागको doe.gov.np र नेपाल
टेलिकम slc.ntc.net.np को वेबसाइट मा हेर्न सकिनेछ ।
यसैगरी नेपाल टेलिकमको १४०० मा डायल गरे पनि नतिजा थाहा पाउन सकिने छ ।
No comments:
Post a Comment