Saturday, June 8, 2013

टिभी हेरिरहेकी छोरीलाई आमाले कराएपछि आत्‍महत्या

ताप्लेजुङ- टिभीमात्र हेर्ने नभइ पढ्नुपर्ने आमाको बचन सहन नसकेर
ताप्लेजुङ फुङलिङकी १२ वर्षीया एक बालिकाले आत्महत्या गरेकी छन्।
फुङलिङ-४ निवासी छम्जेला लामाले 'टिभी हेरेर भोलिकोगृहकार्य पूरा
हुन्छ'भन्ने आमाको बचन सहन नसकेर घरकै माथिल्लो भागमा सलको पासो
लगाइआत्महत्या गरेको प्रहरीले जनाएको छ।
पासोमा बेरिएको थाहा पाएपछि तत्काल पासो काटेर जिल्ला अस्पताल
पुर्‍याउँदा उनको मृत्यु भइसकेको मृतकका आफन्तले जानकारी दिए। उनको शवलाई
पोष्टमार्टमपछि जिल्ला अस्पतालले आफन्तलाई जिम्मा लगाएको चिकित्सक डाक्टर
अनिल चौधरीले जानकारी दिए।
उनको मृत्युको खबर सुनेपछि बेहोस बनेकी उनकी दिदी याङमी लामको जिल्ला
अस्पतालमा उपचार भइरहेको छ।sourcenagariknews.com

No comments:

Post a Comment