Sunday, June 9, 2013

ठूलो परिमाणमको गाँजा सहित पक्राउ

जनकपुर, जेष्ठ २६ - सशस्त्र सुरक्षा वल जनकपुरले एक सय पचिस किलो अवैध
गाँजासहित पाँच तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एक भारतीय
पुरुष तथा चार नेपाली महिला छन् ।
सशस्त्र प्रहरी वल धनुषाका प्रहरी उपरीक्षक सुवर्ण थापामगरले दिएको
जानकारी अनुसार- जनकपुर रेल्वेबाट भारतको जयनगर तर्फ लग्दै गरेको वेला
शनिबार साँझ कनकपटीमा उनीहरुलाई पक्राउ गरिएको हो । कनकपटी जनकपुर भन्दा
५किलोमिटर पूर्वमा अवस्थित छ। नियन्त्रणमा लिइएको गाँजा तथा चारै जना
तस्करलाई आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा बुझाइएको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार सबैहटाका २४ वर्षीय नियाज आलम, बारा
हरदासपुर ४ की३५ वर्षीया वेदानी पटेल, सोही वडाकी ४० वर्षीया कैलासी देवी
मुसहरनी, वारा रतनपुर ३ की उषा मुसलमान तथा खुस्वु पठान छन् । श्रोतका
अनुसार उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।
पक्राउ परेका भारतीय नागरिक नियाज आलमले उक्त गाँजा जीतपुरबाट ल्याई
जयनगरका एक पासवान थरका व्यक्तिलाई जिम्मा लगाइने जानकारी दिए । आलमका
अनुसार उनीहरु १ हजार २ सय भारतीय रुपियाँ लिएर भरियाको काममात्र गर्ने
गरेको खुलासा गरे ।
प्रकाशित मिति: २०७० जेष्ठ २६ ०३:२७
अरु फोटोहरु »

No comments:

Post a Comment