Sunday, June 9, 2013

मन्त्री क्वाटरमा विजुली बत्तिको लाइन काटियो

काठमाडौ, जेष्ठ २६ - पुल्चोक स्थित मन्त्री क्वाटरमा विजुलीबत्तिको लाइन
काटिएको छ । त्रिसुली -३ ए आयोजनाको क्षमता बढाउन गरिएको निर्णयको विरोध
गर्दै बिद्युत प्रधिकरणका कर्मचारीहरुले आइतबार बिहान बत्तिको लाइन
काटेका हुन् ।
टेकुस्थित शव वे स्टेशनबाट दुई घण्टाकोलागि लाइन काटिएको छ । आन्दोलनरत
कर्मचारीहरुले विरोध गर्दे अहिले मन्त्री कवाटरमा धर्ना समेत दिएका छन् ।
उनीहरुले आफ्नो माग पूरा नभए विद्युतकटौती समय थपगर्ने चेतावनी दिएका छन्

प्राधिकरण संचालक समितिले टेन्डर र कानुन विपरित आर्थिक प्रलोभवनमा पारेर
आयोजनाको क्षमता ६० बाट ९० बनाउने निर्णय गरेको निष्कर्ष निकालदै चारवटा
युनियनले चरणबद्ध आन्दोलन गरिहेका छन् ।
ती संगठनहरुले आइतबारदेखि तीनदिनसम्म प्राधिकरणका देशभरका कार्यालयमा
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कामकाज ठप्प पार्ने कार्यक्रम अघि
सारेका छन् ।

No comments:

Post a Comment