Friday, May 17, 2013

आजदेखि टेलिकमको इन्टरनेट महशुल घट्यो (महशुल सूचीसहित)

३ जेठ, काठमाडौं । इन्टरनेट प्रयोगकर्ताहरुलाई खुसीको खबर छ । नेपाल
टेलिकमले आजदेखि डाटा (इन्टरनेट) प्याकेजहरुको महशुलमा कटौती गरेको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारी टेलिकमले महशुलमा कटौती
गरेको हो । सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पुर्‍याउन महशुलमा
कटौती गरेको टेलिकमले जनाएको छ ।
पछिल्लो समय इन्टरनेट प्रदायक संस्थाहरुको बीचमा तिब्र प्रतिस्पर्धा
हुँदै जान थालेपछि उपभोक्ताहरु लाभान्वित बनिरहेका छन् । निजी क्षेत्रका
इन्टरनेट प्रदायक संस्थाहरुसँग कडा प्रतिस्पर्धामा उत्रिनुपरेको नेपाल
टेलिकमले आफ्नो उपस्थितिबलियो बनाउन महशुलमा भारी कटौती गर्दै आएको छ ।
महशुल घट्दा उपभोक्ता खुसी
सरकारी स्वामित्वमा रहेको संस्थाले पनि सेवाका नाममा उपभोक्ताबाट चर्को
शुल्क अशुलिरहेको भनेर चर्को आलोचना हुँदै आएको थियो । टेलिकमको इन्टरनेट
प्याकेजहरुमा महशुलमा कटौती गर्ने निर्णयको उपभोक्ताले स्वागत गरेका छन्
। टेलिकमले महशुल घटाउनुका साथै गुणस्तमा समेत सुधार गर्नुपर्ने आम
सर्वसाधरण उपभोक्ताको माग रहेको छ ।
टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स,
इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क
घटाएको छ । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड
प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका
लागि खरिद गर्ने ग्राहकहरुलाई ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत
डाटा भोल्युम बोनसका रुपमा उपलब्ध गराउने जनाएको छ ।
वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको
लागि ३० प्रतिशत छुट उपलब्ध गराउने टेलिकमले बताएको छ । अहिले २५६
केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, दुई एमबीपिएस
स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको
छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी तथा अर्धसरकारी
संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने
टेलिकमले जनाएको छ ।
एक एमबीको ५० पैसा
इभिडियो र पिडिएसएन सेवाको विद्यमान महशुल दर सय केबीको १० पैसालाई
परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी र
जिपिआएस सेवामा नयाँ महशुल दर कायम गर्न थप आन्तरिक गृहकार्य गर्नुपर्ने
भएकाले लागु हुने मिति पछि सार्वजनिक गर्ने टेलिकमका सहायक प्रवक्ता
राजेशजोशीले बताउनुभयो ।
टेलिकमले थ्रिजी र इभिडियो सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका
लागि एकैपटक खरिद गरेमा १० प्रतिशत, ६महिनाका लागि १५ प्रतिशत र एक
वर्षर्का लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक
दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय
रुपैयाँ मात्र शुल्क लिने जनाएको छ ।
नयाँ इन्टरनेटको शुल्क तालिका

No comments:

Post a Comment