Saturday, May 4, 2013

चुनावी रणनीति बनाउँदै निर्मलनिवास

२१ वैशाख, काठमाण्डौं । आउने संविधानसभा चुनावमा पूर्वराजा ज्ञानेन्द्र
शाह पनि अप्रत्यक्ष रुपमा होमिने भएका छन् । जानकार स्रोतहरुको दाबी
छ,'दरबार अहिले चुनावी रणनीति बनाउन व्यस्त छ ।'
सरकारले चुनावको मिति नतोके पनि दरबार आगामी चुनावको रणनीति बनाउन जुटेको
हो । दरबारका 'विश्वासिला' केही व्यक्तिले आगामी चुनावमा दरबारको भूमिका
के हुने र कसलाई सहयोग गर्ने भन्ने विषयमो रणनीति ड्राफ्ट गरेका छन् ।
जसलाई अन्तिम रुप दिन पूर्वराजा ज्ञानेन्द्र कहाँ पठाइएको छ ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले ड्राफ्टमा समर्थन जनाउँदै अन्तिम
रुप दिएपछि त्यसलाई कार्यान्वयनमा ल्याइनेछ । 'चुनावी रणनीतिक समाबेश
गरेर तयार गरिएको ड्राफ्टलाई मूर्तरुप दिन निर्मल निवास पठाइएको छ,
प्यालेसले अन्तिम रुप दिएपछि कार्यान्वयनमा आउनेछ,' स्रोतलाई उदृत गर्दै
सौर्य दैनिकले खबर छापेको छ ।
अघिल्लो संविधानसभा चुनाबमा मौन बसेको दरबार आगामी चुनावमा भने
अप्रत्यक्ष ढंगले चुनावी मैदान उत्रिने लगभग पक्का भएको स्रोतको भनाई छ ।
'पूर्वराजा र उनको परिवार प्रत्यक्ष निर्वाचनमा आउने कुरा त भएन तर
अप्रत्यक्ष रुपमा चुनावमा आउनेनिश्चित छ,' स्रोतले भन्यो, 'कुन शक्तिलाई
कसरी सहयोग गर्ने अहिले त्यही विषयमा छलफल भइरहेको छ ।'

No comments:

Post a Comment