Friday, May 3, 2013

पाडोले मकै खाएको निहुँमा वृद्धाको हत्या

२० वैशाख, पोखरा । कास्कीको ढिकुरपोखर-१ फल्लापानीमा बारीमा लगाइएको मकै
पाडोले खाएपछि उत्पन्न विवादमा एक वृद्धाको मृत्यु भएको छ ।
सोही ठाउँमा बस्ने ५५ वर्षीय वेदहरि दाहालको पाडोले सोही ठाउँ बस्ने ५७
वर्षीया पार्वती अधिकारीको बारीको मकै पाडोले खाइदिएपछि दुवै पक्षबीच
झगडा भएको थियो । झगडाकै क्रममा पार्वतीले दाहाललाई तथानाम गाली गरेपछि
दाहालले दाउराको चिर्पटले पार्वतीको टाउकामा हिर्काएका थिए ।
सख्त घाइते पार्वतीको मणिपाल अस्पतालमा उपचारका क्रममा अपराहृन ४ बजेतिर
मृत्यु भएको थियो । प्रहरीले हत्या गरेको अभियोगमा दाहाललाई नियन्त्रणमा
लिएको छ । रासस
O

No comments:

Post a Comment