Thursday, May 23, 2013

बस दुर्घटनामा ५ जनाको ज्यान गयो, २० जनाभन्दा बढी घाइते

डडेल्धुरा,– दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा आज बिहान बस दुर्घटना
हुँदा ५ जनाकोज्यान गएको छ। महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलङ्गाका
लागि छुटेको पवनदुत यातायातको ना४ख ८२८५ नम्बरको बस सडकबाट ५० मिटर तल
खसेको दार्चुला प्रहरी प्रमुख कुबेर कडायतले बताए।
ज्यान गुमाएकाहरुको सनाखत भएको छैन। दुर्घटनामा २० जना भन्दा धेरै घाइते
भएका छन्।उनीहरुको गोकुलेश्वर स्वास्थ्यचौकीमा उपचारभइरहेको जिल्ला
प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले घाइतेको उद्धार भइरहेको छ।
मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने प्रहरीले बताएको छ। बस उत्तानो परेर
पल्टिएको र बसभित्रका सबै यात्रुहरुलाई अझै उद्धार गर्न सकिएको छैन।
उद्धारकार्य अहिले पनि जारी छ। रातोमाटो र चिप्लोबाटो भएकाले चिप्लिएर बस
पल्टिएको अनुमान प्रहरीको छ ।

No comments:

Post a Comment