Thursday, May 23, 2013

परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…

९ जेठ, पर्वत । कुनै आमाले आफूले जन्म दिएका सन्तानलाई जंगलमा ज्युँदै
छाडेर परपुरुषको अँगालोमा बाँधिन जान्छिन् भन्ने तपाई कल्पना गर्न
सक्नुहुन्छ ?
तर यस्ता निष्ठुरी आमाहरु पनि हुँदा रहेछन् जसले परपुरुषलाई खुसी पार्न
बच्चालाई अनकन्टार जंगलमा फालेर हिड्न सक्दारहेछन् । चितवन नारायणगढकी
मीना परियार (पौडेल)ले आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा
पर्ने सिर्सुवाको जंगलमा छाडेर फरार भएकी छन् । प्रहरीले आफन्तको सहयोगमा
बच्चा जंगलमा फालेको २० घन्टापछि जीवितै उद्धार गरेको छ भने महिलालाई
समेत नियन्त्रणमा लिएको छ ।
बागलुङ जिल्लाको पैंयुपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न
पर्वतको फलेवास हिँडेकी मीनाले मंगलबार दिउँसो चार बजे छोरा भीष्म
पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिँडेको नेपाल समाचारपत्रमा खबर छ
। मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा परपुरुषसँग रात विताएकी मीनालाई
बुधबार दिउँसो सदरमुकाम कुस्मा बजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले
बच्चाको खोजीमा गरेका थिए ।

No comments:

Post a Comment