Sunday, March 17, 2013

'अकुपाइ बालुवाटार'मा एमाओवादीको 'अकुपाइ'

पोस्टर च्यातेर जलाइए-
केशव थोकर, काठमाडौँ, चैत ४ - महिला हिंसाको विरोधमा सुरु भएको अकुपाइ
बालुवाटार अभियानले पूर्व सभासद् बालकृष्ण ढुंगेललाई कारबाही गर्नुपर्ने
माग गरिएकापर्चा, पोस्टरिङ, ब्यानरहरु माओवादी नेता तथा कार्यकर्ताहरुले
आज बिहान च्यातेर जलाइदिएका छन्।
३०/३५ जनाको समूहमा रहेका पूर्व सभासद् देवी खड्का नेतृत्वको समूहले
अकुपाइ बालुवाटारका अभियन्ताहरु बालुवाटार पुग्नुअघि नै सो ठाउँमा
पुग्नुअघि नै अकुपाइ (कब्जा) गर्दै ढुंगेलको समर्थनमा नाराबाजी गरेका
छन्।
जनअधिकार जनमञ्चको ब्यानरमा प्रदर्शन गर्दै एमाओवादी कार्यकर्ता। तस्बिर
सौजन्य: @Jaw_Knock/twitter
अकुपाइ बालुवाटार अभियान केही महिनाअघिदेखि हरेक बिहान केही घण्टा
प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्नाका साथ जारी थियो। 'आज माओवादी
समर्थकहरु मात्र छन्, अकुपाइ बालुवाटारवालाहरु कोही देखिएका छैनन्',
बालुवाटार पुगेका जनकराज भट्टले नागरिकन्युजलाई बताए। भट्टले
बालुवाटारबाटै ट्विट गरे- आज न्यायका लागि अकुपाइ गर्ने एक्लै परियो।'
प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार बनेपछि अभियन्ताहरुले
सर्वोच्चबाट हत्या अभियोग ठहर भएका ढुंगेललाई 'नागरिक कारबाही'
गर्नुपर्ने माग गर्दै सहरमा पोस्टरिङ गरेका थिए। यसको विरोधमा एमाओवादीको
किरात राज्य समिति र नेवाः राज्य समितिले विज्ञप्ति निकाल्दै यस्तो क्रम
नरोकिए कडा कदम चाल्ने चेतावनी दिएको थियो।

No comments:

Post a Comment