Friday, December 28, 2012

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

१३ पुस, सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको
संख्या १४ पुगेको छ । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् ।
शुक्रवार विहान सुर्खेतकै भेडाबारीबाट विरेन्द्रनगरतर्फ आउँदै गरेको ना २
ख ५७ ४१ नम्बरको बस सुर्खेतको दशरथपुर-६, स्थित गम खोला नजिकै दुर्घटना
हुँदा १३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी दरथपुर-५ का२९ वषिर्य कुमार पौडेल, चितवन भरतपुर घर भई
नेपाली सेनामा कार्यरत ४३ वर्षीय राम रानाभाट, सेनामै कार्यरत दशरथपुर-७
का २७ वर्षीय मानबहादुर गाहा तथा सेनामै कार्यरत गुमी-५ का २९ वर्षीय
गजेन्द्र गुरुङ, दशरथपुर-४ का १० वर्षीय ममता खड्का, दशरथपुर-५ का ११
वर्षीय दीपा ढकाल, गुमी-४ का ३४ वर्षीय केशर श्रीस, केशरका ११ वर्षीय
छोरा प्रज्ज्वल, साटाखानी-८, का १२ वर्षीय यमन मिटुनको मृत्यु भएको छ ।
यसैगरी दुर्घटनामा परी कल्याण-८, का ४५ वर्षीय चन्द्रकला रावत, गुमी-१,
का ९वर्षीय अजीत सुनार, लेखफर्शा-९, का ३१ वर्षीय बुद्धिकला फौजा र दैलेख
चोराठाका ३६ वर्षीय टंकराज विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाप्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये दिनेश पुन, जैसरा
श्रीस, पार्वती सुनारर ललित भण्डारीको अवस्था गम्भीर रहेको र उनीहरुको
बाँकेस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सुर्खेतकै
वीरेन्द्रनगरमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकवाट झण्डै ५०
मिटर तल खसेको छ ।

No comments:

Post a Comment