Saturday, December 29, 2012

भारतीयलाई नागरिकता दिने प्रयासमा गृहमन्त्री

१४ पुस, काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारले
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रयास गरेका छन् । भारतीय
नागरिक रामचेत यादब (आरसी यादब) लाईगच्छादारले अंगीकृत नागरिकता दिलाउन
खोजेका हुन् ।
हाल कैलालीमा बसोबास गर्दै आएका यादब भारत उत्तरप्रदेश राज्यको खिरी
जिल्ला स्थित लक्षीमापुरका स्थायी बासिन्दा हुन् । भारतीय नागरिक यादबलाई
गच्छादारले यसअघि नै उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको
केन्द्रीय सदस्य बनाएका छन् । आफू गृहमन्त्री रहेकैबेला शक्ति प्रयोग
गरेर उनले यादवलाई नागरिकता दिलाउने प्रयास गरेको नयाँ पत्रिकामा खबर छ ।
मन्त्रालयको स्रोत अनुसार गृहमन्त्री गच्छादारले यादवलाई अंगीकृत
नागरिकता दिलाउन अपनाउनुपर्ने सवै प्रक्रिया छिटोभन्दा छिटो पूरा गर्न
मन्त्रालयको नागरिकता महाशाखासमेत हेर्ने सहसचिव भोला सिवाकोटीलाई
निर्देशन दिएका छन् । गृहमन्त्री गच्छादारको दवाव बढेपछि सहसचिव
सिवाकोटीले उनलाई नागरिकता दिन कैलाली प्रशासनलाई पठाएको फाइलको अध्ययन
थालेका छन् । महाशाखाका अधिकारीहरुले भने यादवलाई नागरिकता दिनु
नयिमविपरीत हुने भन्दै फाइल अघि बढाउन नहुेनमा जोडदिएका छन् ।
गृहमन्त्रीको तिब्र दवाव रहिरहेमा यादवलाई नेपाली नागरिकता दिने फाइल
अगाडी बढाउन बाध्य हुनुपर्ने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले
बताएका छन् ।

No comments:

Post a Comment