Sunday, December 30, 2012

सुन्तला बेचेरै बाषिर्क ३० लाख आम्दानी

१५ पुस, विराटनगर । धनकुटाको मौनाबुदुक गाउँ विकास समितिका
सुरेन्द्रबहादुर चेम्जोङ आफ्नै बारीको सुन्तला बेचेर वाषिर्क ३० लाख
रुपैयाँ भन्दा बढी आम्दानी गर्छन । उनको यो कमाई वैदेशिक रोजगारमा जानेको
तुलनामा निकै बढी हो । राजनीतिक अस्थिरता र पूर्वाधारको अभावमा बर्षेनी
हजारौं युवा विदेश पलायन भइरहेको अवस्थामा दुर्गम ठाउँमा बसेर पनि
विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अहिले
उनी ।
जिल्लाकै निकै दुर्गम मानिने मौनाबुदुक गाविसमा लगाएको सुन्तला खेतीबाट
सुरेन्द्रबहादुरले प्रसस्त आम्दानी मात्र गरेको छैनन्, युवा पुस्तालाई
मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने मुलुकको जुनसुकै ठाउँमा बसेर
पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको
अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । २०३४ सालमा कृषिविकास बैंकबाट दुई हजार
चारसय रुपैयाँ ऋण लिएर सुन्तला खेती सुरु गरेका सुरेन्द्रसँग अहिले
आठहजार सुन्तलाका बोट छन् ।
एकै फार्मबाट दैनिक ३० हजार अन्डा
पोखराको बेदामका तेजबहादुर भट्टराईको फार्मबाट दैनिक ३० हजार अन्डा
उत्पादन भइरहेको छ । २०४६ सालमा पाँच सय कुखुराबाट व्यवसाय सुरु गरेका
उनीसँग करिब ७० हजार कुखुरा छन् ।
भट्टराईले आफ्नो फार्मका अन्डा पोखराका साथैबाग्लुङ, पाल्पा, बुटबल
लगायतका बजार पुर्‍याउँदै आएको खबर नागरिक दैनिकमा खबर छ । पोखराका
पाँचतारेदेखि पर्यटकीयस्तरका होटल, डिपार्टमेन्टल स्टोर र पार्टी
प्यालेसमा भट्टराई पोल्ट्री प्रालिका अन्डा सवैभन्दा बढी खपत हुने गरेको
छ ।

No comments:

Post a Comment