Saturday, December 29, 2012

कहाँ छन् मलेसियामा हराएका यी नेपाली ?

१३ पुस, क्वालालम्पुर । कम्पनीभित्रैबाट प्रहरीद्वारा पक्राउ परेका चार
नेपाली श्रमिक करिव एक महिनादेखि वेपत्ता छन् ।
नेपालमा म्यानपावरसँग भएको सम्झौताअनुसारको काम मलेसियामा नपाएपछि काम
रोकेर वसेको अवस्थामा नोभेम्बर २६ तारिखमा उनीहरु पक्राउ परेका थिए ।
कमाउन गएको छोरा बेपत्ता भएपछि नेपालमा रहेका परिवारले उनीहरुको खोजी
गरिदिन आग्रह गरेका छन् ।
मलेसियाको क्वान्तानमा रहेको एक सिफुड रेष्टुरेष्टमा कार्यरत रुकुमका
लोकेश पुन, सल्यानका हाकिम वुढा, नवलपरासीका कमल गुरुङ र रुकुमका ओपिराम
खड्कालाई प्रहरीले पक्रेको थियो ।
गत वर्षको जुलाई सात तारिखका दिन मलेसिया आएका उनीहरुलाई आठ घण्टाको आठ
सय रिंगेट तलव पाउने सम्झौतामा आएका थिए । तर उनीहरुले यहाँ १८ घण्टा काम
गर्दा पनि आठ सय भन्दा वढि नहुने, विरामि हुँदा पनि उपचार नगर्ने, मासिक
रुपमा दुईसय रुपैयाँ काट्ने गरेपछि कामकाज रोकेका थिए । काम रोकेर वसेकै
अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दश जना नेपाली श्रमिकहरुले काम रोकेको भए पनि ६ जना काममा फर्किएका थिए ।
स्थानिय नेपाली समाजसेवि रुपलाल वावुको मध्यस्थतामा नेपाली श्रमिकहरुलाई
कम्पनीले नयाँ सेवा र सुविधा दिन सहमत भएपछि काममा फर्किएका थिए । चार
जनालाई नेपाल पठाउने तयारी भैरेहेको अवस्थामा प्रहरीले पक्रेको बताईएको छ

कम्पनीको वारेमा र प्रहरीले प्रकाउ गरेका नेपालीहरुको अवस्था वुझिदिन
नेपाली दुतावासमा वारम्वार जानकारी गराउँदा पनि दुतावासले सामान्य
सहयोगिको भुमिका मात्रै निभाएको त्यस क्षेत्रका श्रमिकहरुले बताउँदै आएका
छन् । आफनो ठाउँमा भएको घटनाको वारेमा दुतावासमा मौखिक र लिखित रुपमा
निवेदन दिँदासमेत दुतावासले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
नेपालवाट दैनिकजसो फोन गरेर आफ्ना छोराहरुकोवारेमा सोध्ने गरेको भएपनि
आफुहरुले केहि वताउन नसकिएको संगै काम गर्ने साथी कुमार वुढाथोकिले
अनलाइनखवरलाई बताए । उनले भने- हामी धर्मसंकटमा पर्‍र्यौ, थाहा छैन कसरी
भन्नु ?'

No comments:

Post a Comment