Tuesday, December 18, 2012

नेपालमा ८ सय वर्ष अघिको महाभूकम्प फर्कन सक्ने

३ पुस, काठमाण्डौ । आठ सय १४ वर्ष अघि नेपालका हिमालय क्षेत्रमा गएको
महाभूकम्प फेरि फर्कनसक्ने एक अध्ययनले दाबी गरेको छ । फ्रान्स, सिंगापुर
र नेपालका भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले नेपालमा सन् १२५५ साल
जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प नेपालका हिमालय
क्षेत्रमा पुनः फर्कने सक्नेदेखाएको हो ।
समाचार संस्था एएफपीका अनुसार १२५५ सालमा गएको महाभूकम्पले काठमाडौँका एक
तिहाइ नागरिकको ज्यान जानुका साथै हजारौँ घर तथा मन्दिर ध्वस्त भएका थिए
। सोही महाभूकम्पमा परी तत्कालीन राजा अभय मल्लको समेत ज्यान गएको थियो ।
भूगर्भविद्हरुले पृथ्वीको सतहमादेखिने लामो चिरामा अवस्थित नदीमा रहेका
अवशेषहरुको अध्ययनपछि नेपाललगायत हिमालय क्षेत्र भूकम्पीय दृष्टिले
खतरामा रहेको चेतावनी दिएका हुन् । सोही चिरामा भारतीय उपमहाद्वीप
प्रत्येक वर्ष ५० मिलिमिटरको गतिमा एसिया टेक्टोनिक प्लेटलाई हिर्काउँदै
अघि बढेको अध्ययनले देखाएको छ ।
विज्ञहरुले गरेको ४० हजार वर्ष पुरानो कार्बनको अध्ययनमा एक ठाउँमा
भूहलचल देखिएकोर सो भूहलचल १२५५ साल ७ जुनमा नेपालमा गएको ७ दशमलब ७
रेक्टर स्केलको महाभूकम्पसंग मेल खाएको एएफपीको समाचारमा उल्लेख छ ।६
शताब्दीपछि सोही ठाउँमा अर्को चिरा परेको र त्यो सन् १९३४ मा नेपालमा
गएको ८ दशमलब २ रेक्टर स्केलको भूकम्पसंग मेल खाएको अध्ययनले देखाएको छ ।
प्लेटको ठक्करबाट पृथ्वीको सतह टुक्रिएको प्रमाण नभेटिएकाले पनि अध्ययन
महत्वपूर्ण मानिएको छ । अध्ययन अनुसार अर्को विनाशअघि शक्ति सञ्चय गर्न
केही शताब्दी लाग्नेछ । अध्ययनमा अघिल्लो घटनाको अभिलेख नराखिने
तथाप्राचीन घटना मुस्किलले सम्झिने भएकाले शताब्दीपछि हुने यस्ता घटना
डरलाग्दा हुने बताइएको छ ।

No comments:

Post a Comment