Tuesday, December 18, 2012

अनलाइन व्यापार भन्दै ठगी

३ पुस, काठमाण्डौं । अनलाइनबाट सामग्री बेच्ने भन्दै ठगी गरेको हाम्रो
बजार डटकमका राजीव श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हराएका बाइकको ब्लु
बुक लिएर ठगी गरेको अभियोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ
गरेको हो ।
राजीवले हराएको बाईकको फोटो साइटमा राख्ने भन्दै सवारी धनीसँग ब्लु बुक
माग्ने र पछि ब्लु बुक बेच्न दवाव दिने गरेको पीडितहरुले बताएका छन् ।
उनले पहिले बाइक खोज्ने भनेपनि केही समयपछि तपाईलाई हराएको बाइकको ब्लु
बुकको के काम भन्दै बेच्न दवाव दिने गरेको खुलासा भएको प्रहरीले जनाएको छ
। उनले ब्लु बुक १० हजार रुपैयाँमा किन्ने प्रस्ताव राखेका थिए ।
न्यौपाने थरका ति पीडितले पहिले हाम्रो बजार डटकमबाट बाइकको खोजी गरेका
भएपनि पछि उनलाई ब्लुबुक बेच्न बारम्बार फोन आएपछि उनले प्रहरीमा उजुरी
दिएका थिए । सोही उजुरीका आधारमा खटिएको सादा पोसाकको प्रहरीले उनलाई
सोमबार पक्राउ गरेको हो ।
विभिन्न इलेक्ट्रोनिक सामग्रीसँगै गाडी र बाइकसमेत बेच्न सन् २००५ मा
प्रणय श्रेष्ठको नाममा हाम्रो बजार डटकम दर्ता गरी राजीवले अनलाईसेवा
सुरु गरेका थिए ।

No comments:

Post a Comment