Monday, October 8, 2012

विमान दुर्घटनामा १३ को मृ्त्यु, ९ घाइते

२१ असोज, एजेन्सी । सैनिक तथा सामान बोकेको सुडानको सैन्य विमान दुर्घटना
हुँदा १३ जनाको मृ्त्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सुडानको राजधानी खार्तुम नजिकै भएको उक्त दुर्घटना विमानको इन्जिनले काम
नगर्दा भएको हो । विमानको इन्जिनले काम गर्न छाडेपछी विमान चालकले
सुरक्षित अवतरण गराउन खोज्दा खोज्दै उक्त दुर्घटना भएको बताइएको छ ।
सुरक्षित अवतरण गर्न खोज्दा विमान चालकले विमानलाई करिब ४० किलोमिटर पर
पुर्याएका थिए।

No comments:

Post a Comment