Monday, October 8, 2012

माओवादीले उद्योगधन्दा डुबाउनेलाई डुबाईद

२१ असोज, काठमाडौ । नेकपा–माओवादी सम्बद्ध राष्ट्रिय जनस्वयंसेवकले
नेपालका राष्ट्रिय उद्योगधन्दा डुबाउन संलग्न भ्रष्ट, तस्कर र
कालोबजारियालाई कारबाही गर्ने बताएको छ ।
जनस्वयंसेवकका प्रमुख एवम् माओवादी सचिव नेत्रविक्रम चन्दले आज यहाँ
आयोजित पत्रकार सम्मेलनमा सरकार र जनतालाई मद्दत पुग्ने गरी भ्रष्टचारी,
तस्कर, गुण्डाहरुमाथि जनस्वयंसेवकले कारबाही गर्ने बताए ।
उनले नेपालका राष्ट्रिय उद्योगधन्दा डुबाउन संलग्न व्यक्तिहरुबारे आफ्नो
सङ्गठनले अनुसन्धान गरिरहेको पनि उल्लेख गरे । उनले भने, 'बाँसबारी छाला
जुत्ता, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, हिमाल
सिमेन्टलगायतका राष्ट्रिय उद्योगहरु डुबाउने कार्यमा संलग्नहरुको
अनुसन्धान गरिरहेका छौं, उनीहरुको नाम सार्वजनिक गर्छौं र सरकारलाई
कारबाही गर्न दबाब दिन्छौं ।'
उनले एमाओवादीमा लागेर राजनीतिको आडमा धन कमाउनेहरुको अनुसन्धान भइरहेको
जानकारी दिँदै उनीहरुविरुद्ध पनि कदम चालिने बताए । जनस्वयंसेवक
युवाहरुको सङ्गठन भएको बताउँदै चन्दले आफ्नो सङ्गठनलाई सैन्य सङ्गठनको
रुपमा नलिन आग्रह गरे ।
सङ्गठनमा अधिकांश पूर्व लडाकुहरु सङ्गठित भएको र १६देखि ४० वर्ष उमेरका
युवालाई आफ्नो सङ्गठनले गोलबन्द गर्ने लक्ष्य लिएको चन्दको भनाइ थियो ।
शान्तिप्रक्रियाको क्रमका लुकाइएका केही हतियार जनस्वयंसेवकको
नियन्त्रणमा छ कि भन्ने प्रश्नमा उहाँले यो प्रश्न एमाओवादीका अध्यक्षसँग
नै सोध्न आग्रह गरे ।
सो अवसरमा जनस्वयंसेवकले असोज २४ देखि २६ गतेसम्म काठमाडौँमा राष्ट्रिय
सम्मेलन गर्न लागेको जानकारी दिइएको थियो । रासस
Comments:

No comments:

Post a Comment