Monday, October 8, 2012

आफ्नै घरमा रुनु पर्यो श्रीलंकालाई, वेष्ट इण्डिजले मार्यो बाजी (फोटोसहित)

२१ असोज, काठमाडौ । जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सकिएको
छ । आज भएको अन्तिम तथा फाइनल खेलमा आयोजक श्रीलंकालाई स्तव्ध पार्दै
वेष्ट इण्डिजले उपाधी माथी कब्जा जमाएको छ । आझ भएको फाइनल खेलमा
श्रीलंकन खेलाडी तथा जनता सबैलाई रूवाएर आफ्ना देशवासीलाई खुसी पारेका
छन् वेष्ट इण्डिजका खेलाडिहरुले । श्रीलंकालाई ३६ रनको अन्तरले पराजित
गर्दै वेष्ट ईण्डिजले उपाधी चुमेको हो भने यता श्रीलंकाको फाइनलमा दोस्रो
हार हो । यसअघि श्रीलंकाले पाकिस्तानसँग दोस्रो अर्थात सन् २००९ को
विश्वकपमा पराजित भएको थियो ।
आज भएको खेलमा १ सय ३८ रनको विजय लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित
२० ओभरको खेलमा ८ बल बाँकी छँदै आफ्ना सबै विकेट गुमाउँदै मात्र १ सय १
रनको योगफल खडा गर्न सफल भयो । श्रीलंकाका लागी कप्तान माहेला जयवर्धनेले
सर्वाधिक ३३ रन जोडेका थिए । यस्तै, नुवान कुलसेकराले १३ बलमा २६ रनको
विस्फोटक पारी खेलेका थिए भने कुमारा सांगाकाराले २२ रन जोड्नुबाहेक अन्य
ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । यता वेष्ट इण्डिजका लागि सुनिल
नरिनेले ३ विकेट चट्काएका थिए भने दारेन सामीले २ विकेट हात पारेका थिए ।
यस्तै, स्यामुअल बद्री, रवी रामपाल र मार्लोन स्यामुअल्सले समान १-१
विकेट लिएका थिए । श्रीलंकाका दुई खेलाडी रन आउट भएका थीए ।
यसअघि टस जितेर ब्याटिङ थालेको वेष्ट इण्डिजले खराबसुरूवात गरेपनि अन्त्य
भने निकै राम्रो गरेको थियो । पहिलो १० ओभरमा २ विकेट गुमाउँदै मात्र ३२
रन जोडेको वेष्ट इण्डिजले मार्लोन स्यामुअल्सको विस्फोटक ब्याटिङको
मद्दतले पछिल्लो १० ओभरमा १ सय ५ रन जोडेको थियो । वेष्ट इण्डिजको
स्कोरलाई १ सय ३७ रन बनाउनका लागी मार्लोन स्यामुअल्सले एक्लैले ७८ रनको
शानदार पारी खेलेका थिए । उनले मात्र ५६ बलमा १ चौका र ६ छक्काको मद्धतले
उक्त रन जोड्न सफल भएका हुन् । यस्तै, वेष्ट इण्डिजका दारेन सामीले
अविजित २६ रन र ड्वेन ब्राभोले १९ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले
दोहोरो अंक जोड्न सकेका थीएनन् । श्रीलंकाका लागी अजन्ता मेण्डिसले ४
विकेट लिएका थिए भने एन्जेलो म्याथुज र धनन्जयले समान १-१ विकेट लिएका
थिए ।
फाइनल खेलको म्यान अफ द म्याच मार्लोन स्यामुअल्स घोषित भए भने
प्रतियोगिताको म्यान अफ द सिरिज अष्ट्रेलियाका सेन वाट्सन घोषित भए ।
वाट्सनले प्रतियोगिता अवधिभर २ सय ४९ रन र ११ विकेट लिएका थिए ।

No comments:

Post a Comment