Thursday, October 4, 2012

अपराध नगर्न भन्दै युवाको कपाल काटने प्रहरीको अभियान

१८ असोज, लहान । अहिलेका युवाहरू सहजै कुलतमा फस्ने गरेका छन् । कुलतमा
फस्ने र अपराधिक गतिविधी गर्दै हिड्ने युवाको जमात पनि बढ्दै गएको छ ।
यसैबिच लहानको वडा प्रहरी कार्यालयले भने ती युवाहरूलाई सचेत गराउनकै
लागी भनेर ती युवाको कपाल काट्ने अभियान नै सञ्चालन गरेको छ ।
भर्खर टिनेजमा प्रवेश गरेका युवाहरूले लामो कपाल पाल्ने तथा लागू औषधको
कुलतमा फस्दै समाजमा विकृति फैलाउने हुनाले तीनलाई सचेत गराउनकै लागी
यस्तो कार्य गरिएको प्रहरीले जनाएको छ । यसरी कपाल काटिदिँदापनि
युवाहरूमा यसको मनोवैज्ञानिक असर पर्ने हुनाले यो प्रभावकारी पनि हुन
सक्ने भन्दै प्रहरीले यस्तो अभीयान सञ्चालन गरेको हो । लहानका प्रहरीका
अनुसार हालसम्म विभिन्न अभियोगमा पक्राउ परेका ६० युवाको कपाल काटेर
अपराधीक क्रियाकलाप नगर्न सचेत गराएका छन् । यस्तै प्रहरीले दैनिक २/३
यस्ता युवाहरुलाई कपाल काटेर सचेत गराउने गरेको छ ।

No comments:

Post a Comment