Thursday, October 4, 2012

नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको भेटघाट कार्यक्रम सम्पन

दक्षिण कोरिया, सौल - दक्षिण कोरियाको सौल स्थिति यकदम्प्पोको माउन्ट
एभरेष्ट होटेलमा कोरियनहरुको महान चाड छुसकको पहिलो दिन नमस्ते पाल्पा
परिवार दक्षिण कोरियाको भेटघाट कार्यक्रम सम्पन भएको छ ।
करिब १०० जना पाल्पालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नमस्ते
पाल्पा परिवारका अध् य क्ष चेतन सारुको सभापतित्वमा चलेको थियो ।
भेटघाट कार्यक्रममा उपस्थिति भएका पाल्पालीहरुले आफुहरु संस्थालाई अझ
अगाडी बढाउन जस्तो सुकै सहयोग गर्न तप्पर रहेको बताएका थिए । साथै
कोरियामा पाल्नु भएका सम्पूर्ण पाल्पालीहरुलाई नमस्ते पाल्पा परिवारमा
आबद्ध हुन् आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा कोरियामा काम
गर्दागर्दै पाँच ओटा औँला गुमाउन पुगेका सुर्य रानालाई नमस्ते पाल्पा
परिवार चेतनसारुले थप ४३५००० वन थप सहयोग प्रदान गर्नु भएको थियो । यो
भन्दा पहिले नि सुर्य रानालाई १०४७००० वन नमस्ते पाल्पा परिवारले सहयोग
गरिसकेको थियो ।
त्यस्तै कार्यक्रमको अन्त्यमा बोल्दै सभापति चेतन सारुले कोरियामा पाल्नु
भएका सम्पूर्ण पाल्पाली दाजुभाई तथा दिदी बहिनीहरुलाई एकजुट भएर यस
संस्थालाई अझ अगाडी बढाउन र कार्य समतिमा रहनु भएका पधाधिकारीहरुलाई अझ
गम्भीर र लगन सिल भएर अगाडी बढ्नआग्रह गर्नु भएको थियो । सुर्य रानालाई
सहयोग गर्ने व्यक्ति तथा संघ सस्थाको नामावली:
बाग्लुङ सम्पर्क समिति, दक्षिण कोरिया ५०००० वन
मगर संघ, दक्षिण कोरिया २००००० वन
पूर्ण काउचा, बाग्लुङ २०००० वन
गोबिन्द थापा, बाग्लुङ २०००० वन
नबिन काला, बाग्लुङ २०००० वन
थमन काउचा, बाग्लुङ २०००० वन
नरेश काउचा, बाग्लुंग २०००० वन
यम शिरिस, बाग्लुङ १०००० वन
प्रभात थापा, बुटवल १०००० वन
तारा केसी, बाग्लुङ १०००० वन
सुक थापा, मगर दाङ १०००० वन
बिपिन गुरुङ, बाग्लुङ १०००० वन
हेम पुन, बुटवल १०००० वन
तिलक बहादुर रायमाझी, पाल्पा २०००० वन
Source Solidarity Reporter -

No comments:

Post a Comment