Tuesday, October 16, 2012

बैंग्लोर युनिभर्सिटी भित्रै नेपाली विद्यार्थीलाई सामुहीक बलत्कार

नयां दिल्ली, आश्विन २९ -
दक्षिण भारतीय शहर बैंग्लोरस्थित नेशनल ल स्कुल अफ इण्डिया युनिभर्सिटीमा
अध्ययनरत २१ वर्षीया एक नेपाली विद्यार्थीको सामूहिक बलत्कारु भएको घटना
प्रकाशमा आएको छ ।
ती विद्यार्थीले प्रहरीमा दायर गरेको प्रथम सूचना प्रतिवेदन एफआइआरमा आठ
जनाको समूहले उनलाई बलात्कार गरेको उल्लेख रहेको स्थानीय प्रहरीले पुष्टि
गरेको हो । उक्त घटना बैंग्लोर विश्वविद्यालयको हाताभित्रैको जंगल
क्षेत्रमा शनिवार राति भएको प्रहरीले बताएको छ । यद्यपि दुई दिन भइसक्दा
पनि प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्रन सकेको छैन ।
बैंग्लोर शहरको पश्चिमी भेग हेर्ने डेपुटी कमिस्नर अफ पुलिस (डीसीपी)
एसएन सिदारामाप्पाले ईकान्तिपुरसंग फोनमा कुरा गर्दै दोषीहरुको खोजी
गर्ने कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।
'केही शंकास्पद व्यक्तिलाई भने हामीले पक्राउ गरेका छौं तर उनीहरु घटनामा
संलग्न रहेको वा नरहेको भन्नेबारे तत्काल प्रष्ट हुन सकेको छैन,' उनले
भने ।
स्थानीय अस्पातलमा पीडितको स्वास्थ्य परीक्षण गरिएको र त्यससम्बन्धी
प्रतिवेदनको पर्खाइमा प्रहरी रहेको पनि उनले बताए ।
'स्वास्थ्य परीक्षणको प्रतिवेदन महत्वपूर्ण भएपनि बलत्कार भएको वा नभएको
भन्ने पुष्टि गर्ने मापक त्यो मात्रै होइन । पीडितको बयान सबैभन्दा
महत्वपूर्ण हो,' उनले भने, 'त्यो बयानमा पीडितले आफूमाथि सामूहिक
बलात्कार भएको बताइएकी छन् र त्यसैको आधारमा दोषीमाथि कारवाहीका लागि
हामी अघि बढेका छौं ।'
स्थानीय प्रहरीले नयां दिल्लीस्थित नेपाली दूतावासलेसोमवारै
घटनासम्बन्धमा जानकारी दिदैं पत्र लेखिसकेको छ । पत्र पाए लगत्तै नेपाली
दूतावासले भारतीय विदेश मन्त्रालयसंग घटनामाथि गम्भीररुपमा विचार गरिदिन
आग्रह गरेको छ ।
'घटनाबारे सूचना पाएपछि हामीले सम्बन्धित भारतीय अधिकारीहरुसंग कुरा गरी
दोषीमाथि यथाशीघ्र कारवाही होस् भन्ने आफ्नो आग्रह राखेका छौं,' नेपाली
दूतावासका इन्चार्ज तीर्थराज वाग्लले ईकान्तिपुरसंग भने ।
एफआइआरमा पीडितले आफ्ना एक जना पुरुष साथीसंग विश्वविद्यालयकै हाताभित्र
राति घुम्न जाने क्रममा उक्त घटना भएको उल्लेख गरेकी छन् । त्यसक्रममा
मद्यपान गरेका आठ जनाको समूहले ती साथीलाई आक्रमण गरी आफूलाई बलजफ्ती
सुनसान स्थानमा लगेर बलत्कार गरेको पीडितले प्रहरीसमक्ष बताएको भारतीय
सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विश्वविद्यालय हाताभित्रै त्यस्तो घटना भएपछि त्यहांको सुरक्षा
व्यवस्थालाई लिएर गम्भीर प्रश्न खडा भएको छ । त्यससम्बन्धमा बुझ्न
ईकान्तिपुरले बारम्बार प्रयासगरेपनि विश्वविद्यालयका अधिकारीहरु
सम्पर्कमा आएनन् ।
प्रकाशित मिति:

No comments:

Post a Comment