Tuesday, October 16, 2012

‘चाडबाड आयो आन्दोलन रोक्नुस्’

२९ असोज पोखरा । पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले क्षेत्रीय
अन्तराष्ट्रि विमानस्थलको माग गर्दै आन्दोलनरत पोखरेलीलाई तत्कालका लागि
आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।
जारी प्रक्रियाको जालमा फसेकाले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय
बिमानस्थल निर्माण कार्य अघि बढ्न नसकेको बताउँदै आन्दोलन रोक्न उनले
पोखरेलीहरुलाई आग्रह गरेका हुन् ।
बिमानस्थल निर्माणको लागि नया प्रक्रिया आबश्यक रहेकाले प्रक्रियागत
त्रुटीलाई मिलाएर अघि बढ्नुको बिकल्प नरहेको उनको भनाई थियो । सिटी रेवान
पोखराले आयोजना गरेको दशै उत्सबको आज पोखरामा उद्घाटन गदै मन्त्री
बोगटीले एमाओवादीले विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार गर्न
खोजेकाले निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको र नागरिक उड्डयान
प्राधिकरणका कर्मचारीको दवावका कारण प्रक्रिया अगाडि बढ्न नसकेको भनि
बाहिर आएको हल्लामा सत्यता नभएको उल्लेख गरे ।
१४ अर्वको स्टमेट गरिएको विमानस्थल निर्माणको लागतमा कसरी २७ अर्वको कुरा
आयो भनेर भ्रष्टाचारको संका गरिनुलाई आँफुले गलत अर्थमा नबुझेको उनको
भनाईथियो । "कुरा यथार्थ बाहिर आएन, म मन्त्रि बोल्दा कुरा धेरै हुने
नबोल्दा संका हुने , त्यसैले आज म बोल्छु ।"उनले भने,–" एथार्थमा
प्रक्रियागत त्रुटिका कारण प्रक्रिया अगाडि नबढेको हो ।"
देशको समसामयिक अवस्थका बारेमा बोल्दै मन्त्री बागटीले आफ्नो पार्टीका
अध्यक्षले क्षेण क्षेणमा बोली फेरेको भनि अन्य दलका नेताहरुले गरेको
टिप्पणीगलत भएको वताए । उनले पोखरा सिटी रेवानको आयोजनामो पोखरा प्रदशनी
केन्द्रमा सोमबार देखि सुरु भएको फुडफेष्टिबल तथा दशैं उन्सव २०६९
कार्तिक तीन गते सम्म चल्ने छ ।

No comments:

Post a Comment