Sunday, October 7, 2012

नेपाली बलरसामू टिक्न सकेनन् साउदीका खेलाडी, बनाए मात्र १ सय ३१ रन

२१ असोज, काठमाडौ । नेपालले युएईमा जारी एसीसी इलाइट कप क्रिकेटको आफ्नो
तेस्रो खेलमा साउदी अरेबियाबाट १ सय ३२ रनको विजय लक्ष्य पाएको छ ।
भर्खरै सकिएकोपहिलो इनिङमा नेपाली बलर चम्केपछी नेपालले कमजोर मानिएको
साउदी अरेबियालाईई मात्र १ सय ३१ रनमा समेटेको हो । साउदी अरेबियाका लागि
इफ्ताकर अलिले अविजित २८ र प्रारम्भिक ब्याट्स्म्यान मोहम्मद मोहसिनले २७
रन जोड्नु बाहेक अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागी पारस खड्का र बसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए ।
शक्ति गौचन र भुवन कार्कीले समान २-२ विकेट चट्काएका थिए भने प्रदिप ऐरे
र पृथु बास्कोटा भने खाली हात नै रहे ।
नेपालले केही बेरमा १ सय ३२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्ने छ ।
अघिल्लो चरणप्रवेशका लागि नेपाललाई आजको खेलमा जित आवश्यक रहेको छ ।

No comments:

Post a Comment