Thursday, October 4, 2012

'नेताहरूले देशभन्दा प्रधानमन्त्रीकै लागि मरिहत्ते गरे'

१८ असोज, विराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले राजनीतिक दलका
नेताहरूले प्रधानमन्त्री पदको लागी मरिहत्ते गरिरहेको आरोप लगाएकी छिन् ।
सबै नेताहरूप्रधानमन्त्रीकै कुर्सीका लागी लागिपरेका कारण मुलुकको
राजनीतिले निकास पाउन नसेको उनको भनाई छ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दैउनले पार्टीभित्रै र
पार्टी बाहिर पनि एउटा नेतालाई अर्को नेताले प्रधानमन्त्रीका लागी
स्वीकार्ने नसक्ने प्रवृतिले गर्दा समस्या झन् जटिल बन्दै गएको बताइन् ।
उनले राष्ट्रको समस्यालाई मुख्य रूपमा हेर्नुपर्नेमा प्रधानमन्त्रीको
पदलाई ठूलो बनाएर हेरेका कारण समस्याको निकास निस्कन नसकेको र अर्काको
अस्तित्व स्विकार गर्न नसक्ने प्रवृतीले समस्यालाई झन् जटिल बनाएको उनको
भनाई छ ।
Comments:

No comments:

Post a Comment