Thursday, October 4, 2012

प्रधानमन्त्रीलाई भारतीय नम्बर प्लेटको गाडि चढ्न आग्रह

१८ असोज, बुटवल । नेकपा- माओवादीकासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले
एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी
उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप
लगाएका छन् ।
राष्ट्रिय जनस्वयमसेवक प्रथम अबद्य भेलालाई आज बुटवलमा सम्बोधन गर्दै
नेता चन्दले दश बर्षसम्म जनयुद्ध गरेर जनतालाई धोका दिएको भन्दै बाबुराम
र प्रचण्ड धोकेबाज भएको बताए ।
विदेशी मालिकहरूको अगाडि लम्पसार परेर कांग्रेस-एमालेले भन्दा बढी
राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउँदै उनले प्रचण्ड र बाबुरामले बन्दुक
बोकेर युद्ध लडेको जनतामाथी ठूलो घात गरेको आरोप लगाएका छन् । उनले
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्पीडित महिला दलित र सर्वहारा
वर्गमाथि अक्षम्य अपराध गरेको आरोप लगाउँदै सहमतिका नाममा जनमुक्ति
सेनालाई विर्सजन गरिएको दावी गरेका छन् ।
उनले सहमितको नाममा किसान, दलित, सुकुम्बासी, दलित महिला र उत्पीडितको
मुद्धा सम्बोधन नभए बन्दुक उठाउन समेत पछि नहट्ने चेतावनी दिएका छन् ।
चन्दले तीन दलले मात्र गरेको सहमति मान्य नहुने बताउदै आफुहरूको सहमति
बिना देशले निकास नपाउने जिकिर गरे । उनले नयाँ निर्वाचन, संविधानसभा
पुर्नस्थापना कुनै पनि औचित्य नरहेको बताउदै सर्वपक्षिय छलफलले मात्रै
देशलाई निकास दिने तर्क गरेका छन् ।
राष्ट्रिय स्वाधिनता र देशलाई बन्धकी राखेर वर्तमान सरकारले इतिहासमै
सबैभन्दा ठूलो अपराध गरेको उनको भनाई छ । स्वाधिनता आन्दोलन गर्दा
वर्तमान सरकारले कारवाही गर्ने निर्देशन दिनुले प्रधानमन्त्री भट्टराई
भारत एजेन्ट भएको पुष्टि हुने उनको टिप्पणी छ । भारतीय गाडी नेपाल चल्न
नदिने आफुहरुको आन्दोलनलाई सरकारले दवाउन खोजेको बताउदै प्रधानमन्त्रीलाई
आफ्नै गाडीमा भारतीय नम्बर प्लेट राखेर गाडी चलाउन आग्रह गरे ।
Source Nepaliheadlins

No comments:

Post a Comment