Friday, October 19, 2012

एमालेको आरोप- 'अलमल्याउने प्रयास'

काठमाडौं, कार्तिक ३ - राष्ट्रपतिको पनि चुनाव गर्नुपर्ने एमाओवादी
अध्यक्ष पुष्पकमल दाहालको अर्को नयाँ प्रस्तावलाई एमालेले सहमतिको
प्रक्रियाअलमल्याउने षड्यन्त्र भएको आरोप लगाएको छ ।
दाहालले बिहीबार कांग्रेस सभापति सुशील कोइरालासँगको भेटमा
राष्ट्रपतिसमेतको चुनाव प्रस्ताव राखेलगत्तै एमाले नेताहरूले त्यसमा
आपत्ति जनाउँदै एमाओवादीको षड्यन्त्र मात्र भएको बताएका हुन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिकोचुनावको कुराले
राजनीतिक निकास नदिने बताए । 'अब सबै कुरा प्याकेजमा सहमति गरेरमात्र
निकास निस्कन्छ, राष्ट्रपतिको चुनाव गर्नेलगायतका आधा-आधा कुरा गरेर
हुँदैन,' एमाले उपत्यका विशेष समन्वय कमिटीको शुभकामना आदानप्रदान
कार्यक्रममा नेता नेपालले भने। उनले अहिले पनि प्रमुख काम भनेको संविधान
बनाउने भएकाले त्यो विषय छाडेर 'तपसिल'का कुरा गर्ने काम भइरहेको भन्दै
एमाओवादीप्रति आक्रोश व्यक्त गरे ।
'अझै पनि प्रमुख काम संविधान बनाउने नै हो, संविधानका विषयमा छलफल नचलाई
तपसिलका कुरामा अलमल्याउने काम भइहेको छ,' उनले भने, 'कानमा गुलियो चिनी
हालेर केही नेतालाई अलमल्याउने प्रयास भइरहेको छ ।'
वर्तमान सरकार टिकाउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै नेपालले त्यो
सफल नहुने बताए । वर्तमान सरकारलाई नै सहमतिको स्वरूप दिने एमाओवादीको
प्रयासप्रति पनि आपत्ति जनाए । 'कसैले वर्तमान सरकारलम्याएर त्यसैबाट
चुनाव गराउन खोजेको छ भने उसको दिमागको तन्तु खुस्किएको छ भन्ने
बुझ्नुपर्छ,' उनले भने, 'यो असम्भव कुरा हो र विभिन्न बहनामा सरकार
टिकाउने प्रयास कसैले नगरौं ।'
सहमतिको यात्रा रोक्ने जनविरोधी, सुशासनविरोधी काम गर्ने सरकार भएकाले
त्यसको बहिर्गमनको पक्षमा एमाले उभिएको नेपालले जानकारी दिए । मुखको
मात्र नभईदस्तावेजको रूपमा सहमति भएर कार्यान्वयन हुने अवस्था सिर्जना भए
संवैधानिक गतिरोध हटाई संविधान जारी गर्ने बाटो बनाउन सकिने नेपालको
धारणा थियो । एमाओवादी र कांग्रेसबीच मात्र हुने सहमतिले कुनै अर्थ
नराख्ने उल्लेख गर्दै नेपालले भने, 'एमालेलाई बाइपास गरेर कुनै सहमति भयो
भने त्यसमा एमाले लतारिएर जाँदैन । नयाँ जनादेशमा जाने हाम्रो अडान छ,
त्यसमा हामी स्पष्ट छौं ।'
प्रकाशित मिति: २०६९ कार्तिक ३ १२:२६

No comments:

Post a Comment