Tuesday, October 16, 2012

'आफूखुसी गर्न नपाएपछि प्रधानमन्त्री बर्बराए’

३० असोज, काठमाडौ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री
बाबुराम भट्टराईले आफूखुसी गर्न नपाएपछि राष्ट्रपतिविरुद्ध खनिएको आरोप
लगाएको जनाएको छ ।
राजधानीको पुरानो बानेश्वरमा सम्पन्न ब्याडमिन्टनप्रतियोगिताको पुरस्कार
वितरण कार्यक्रममा उनले अनुशासनमा रहन प्रधानमन्त्रीलाई सल्लाह दिएका छन्

सिंहले आफैं बदनाम प्रधानमन्त्री राष्ट्रपतिलाई विवादमा मुछेर बदनाम गर्न
उद्दत भएको उल्लेख गरेका छन् । संविधानका पालकका हैसियतले सहमतिका लागि
अपीलगर्नु राष्ट्रपतिको अभिभावकीय अधिकार भएको उनले बताए । राष्ट्रपति
रामवरण यादवका अभिव्यक्तिको प्रधानमन्त्रीले आलोचना गरेपछि सिंहको
प्रतिक्रिया आएको हो ।
महामन्त्री सिंहले संविधानसभा पुनःस्थापना सम्भव नभएको बताउँदै ताजा
जनादेशमा जानुको विकल्प नभएको बताए । राज्य पुनर्संरचनामा देखिएको विवाद
जनमतसंग्रहबाट टुंगो लगाउन सकिने धारणा व्यक्त गरेका थिए ।

No comments:

Post a Comment