Monday, October 1, 2012

अस्पतालबाटै भिडियो एक्सरे मेसिन चोरीयो

१५ असोज, गोलबजार। सिरहाको लहानस्थित एक सरकारी अस्पतालबाट अल्ट्रासाउण्ड
(भिडियो एक्स–रे) मेसिन चोरी भएको छ । लहान नगरपालिका–४ स्थित रामकुमार
सारडा, उमाप्रसाद मुरारका अस्पतालको शल्यक्रिया कक्षबाट रु पाँच लाख
पर्ने भिडियो एक्स–रे मेसिन चोरी भएको हो । असोज १२ गते राति नै मेसिन
चोरी भएको र अस्पताल प्रशासनले गोप्य छानबिनबाट मेसिन नभेटेपछि सार्वजनिक
गरेको हो । अस्पताल प्रशासन फाँटका प्रमुख रामसेवक ठाकुरले शल्यक्रिया
कक्षको ढोकाको नटबोल्ट खोलेर मेसिन चोरिएको बताए ।
उनले शल्यक्रिया कक्षमा बिग्रेर राखेको इसिजी मेसिन नलगी चालु अवस्थामा
रहेको भिडियो एक्स–रे मेसिन नै चोरी लगेको बताउनुभयो । बिग्रेको मेसिन
नलगी चालु अवस्थामा रहेका भिडियो एक्स–रे मेसिन मात्र चोरी भएपछि
डाक्टरहरुको हात नै रहेको आशङ्का गरिएको छ ।
यसैबीच, वडा प्रहरी कार्यालय लहानले आशङ्काको आधारमा अस्पतालका कुचिकार
सुकुमारी मेस्तर, उहाँकी श्रीमान सिसन्तार मेस्तर र कार्यालय सहयोगी
सुकदेव चौधरीलाई पक्राउ गरेपनि अनुसन्धानपछि आज बिहान छोडिएको छ । लहानका
प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले अनुसन्धानका क्रममा चोरीमा संलग्न
नदेखिएकाले उहाँहरुलाई छाडेको बताए। यता, अस्पतालकी कुचिकार सुकुमाया
मेस्तरले आफूलाई प्रहरीले कुटपिट गरेको भन्दै अस्पताल सरसफाइ गर्न छाडेकी
छन् । रासस
source Nepaliheadlins

No comments:

Post a Comment