Monday, October 1, 2012

पतिको यातना सहन नसकेपछि.२ छोराको हत्यापछि आत्महत्याको प्रयास

निजगढ, आश्विन १५ - पतिको यातना सहन नसकी एक महिलाले आफ्ना २ छोराको
हत्या गरेकी छन् । भतौडा गाविस ८ का सिकेन्द्र पटेलकी २७ वर्षीया श्रीमती
आशादेवीले आफ्ना ६ वर्षीय छोरा नवीन र ४ वर्षीय गोलुलाई घर नजिकैको
इनारमा फाली हत्या गरेकी हुन् । बच्चाहरुको हत्यापछि उनले आफू पनि
आत्महत्याको प्रयास गरेकी थिइन् ।
उनी पनि इनारमा हाम फालेकी थिइन तर गाउँलले उद्धारगरेपछि उनी बाँच्न सफल भएकी छन् ।
घटनापछि प्रहरीले आशादेवीलाई हिरासतमा लिएको छ ।
घटनापछि गाउँ शोकमग्न छ । 'श्रीमानको यातनाले रीसको झोकमा मार्ने र मर्ने
निधो गरे,' आशादेवीले कान्तिपुरसित भनिन्, 'पहिला दुईटै छोरालाई दाँया
बाँया राखेर इनार छेउमा बसी धकेले, अनि पछि आफू पनि हाम फालें ।'
जीतपुरको हनुमान मेटल उधोगमा काम गर्ने पति सिकेन्द्रले जाँड रक्सीको
लतमा मातेर दिनहुँ गाली गलौज गरी कुटने पिट्ने र घरबाट निकाल्ने गर्ने
गरेकाले सहन नसकेर छोरालाई मारेर आत्म हत्या गर्ने प्रयास गरेको उनले
प्रहरीसंग बताएकी छन् ।
'नियतवश २ सन्तानको हत्या गरेको ती महिलाको साविती बयानको आधारमा कर्तब्य
ज्यान मुद्दा चलाउँछौं,' प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले भने,
'पतिको हिंसाले आजित भएर उनले घटना गरेकी रहिछन् ।' पति सिकिन्दर भने
सम्पर्क बाहिर रहेको उनले बताए ।
गाउँलेहरु इनारमा डोरीको सहारामा पसेर महिलाको ज्यान जोगाएका थिए पछि
इनारमा दमकलले पानी झिकेर जमीनमा बसिसकेको मृत बच्चाहरुलाई निकालिएको
प्रहरीले जनाएको छ ।
source ekantipur.com

No comments:

Post a Comment