Thursday, October 4, 2012

लोडसेडिङ हटाउन साढे ५ अर्व अनुदान

असोज, काठमाण्डौं । सरकारले लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्न
विद्युत प्राधिकरणलाई ५ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
भारतबाट थप विजुली आयात र तापीय विद्युत केन्द्र सञ्चालन गर्दा हुने
नोक्सानी बेहोर्न प्राधिकरणले सरकारी अनुदान खर्च पाउनेछ । तापीय विद्युत
केन्द्र सञ्चालन गर्दा २ अर्ब ८० करोड, र भारतबाट विद्युत आयात गर्दा २
अर्ब ६० करोड नोक्सान हुने प्राधिकरणको प्रक्षेपण बमोजिम सरकार अनुदान
दिन तयार भएको हो । समयसीमा र जिम्मेवारी लिने अधिकारीको भूमिका
किटानसहित ल्याइएको लोडसेडिङ न्यूनीकरण कार्ययोजना २०६९ मन्त्रिपरिषद्
अन्तर्गत आर्थिक पूर्वाधार समितिले स्वीकृत गरेपछि सरकारले अनुदान दिन
सहमत भएको खबर कारोबार दैनिकले छापेको छ ।

No comments:

Post a Comment