Thursday, October 4, 2012

डिभी भर्दा पैसा लिनेलाई अमेरिकाले कारबाही गर्ने

असोज, काठमाण्डौं । चिठ्ठा पारेर अमेरिका जाने सपना देखेकाहरुका लागि
खुसीको खबर-अब डिभी फारम भर्न पैसा तिर्नुपर्दैन । त्यसरी पैसा
असुल्नेमाथि कारबाही गर्न अमेरिका आफैं अघि सरेको छ । काठमाण्डौं स्थित
अमेरिकी दूतावासका अनुसार निःशुल्क डिभी चिठ्ठा भरेवापत पैसा असुल्ने
व्यक्ति तथा कम्पनीहरुको नाम संकलन गरी कारबाही गर्न नेपाल प्रहरीलाई
नामावली पठाउने जनाएको छ । मंगलबारदेखि २०१४ को डिभी आवेदन खुल्ला
भइसकेको छ । आवेदन नोभेम्बर ३ सम्म खुल्ला रहने छ । यही सन्दर्भमा डिभी
प्रोगामबारे आधिकारीक जानकारी दिन बुधबार बेभसाइटमार्फत गरेको प्रत्यक्ष
अन्तक्रियामा यस्तो जानकारी दिईएको हो ।

No comments:

Post a Comment