Sunday, September 30, 2012

कुकुर परिचालन गरी छड्के जाँच

१४ असोज, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आजदेखि तालिम प्राप्त
कुकुर परिचालन गरी पोखरामा भित्रिने सवारी साधनहरुको जाँच सुरु गरेको छ।
दशैं र तिहारलाई ध्यानमा गर्दै पोखरेली जनतालाई सुरक्षा दिने उद्देश्यले
बाहिरबाट पोखरा भित्रने नाकाहरुमा लागुऔषध, पटाका र अवैध हातहतियारको
जाँच गर्न कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी
नायब उपरीक्षक श्याम कृष्ण अधिकारीले बताए।
जुनसुकै बेला जुनसुकै ठाउँमा पनि पोखरा भित्रने सवारी साधनको जाँच
गर्नसक्ने भएकाले त्यस्ता गतिविधिमा नलाग्न अनुरोध गर्दै प्रनाउ
अधिकारीले सानो असावधानीबाट ठूलो क्षति नहोस् भनेर यस्तो कदम चालिएको
प्रष्ट पारे। रासस

No comments:

Post a Comment