Sunday, September 30, 2012

राष्ट्रपतिले दलका नेताहरुलाई 'थर्काउने',नमाने कडा कदम चालिने

१४ असोज,काठमाडौ। राष्ट्रपति रामवरण यादवले सहमतिको लागि चर्को दबाब दिन
आज राजनैतिक दलका नेताहरुसंग छलफल गर्दै छन् ।आज दिउसो शितल निवासमा हुने
छलफलमा राष्ट्रपति निकै आक्रामक रुपमा प्रस्तुतु हुने तयारी रहेको
बताइएको छ।
आजको बैठकमा राष्ट्रपतिले रमुख दलहरुका तर्फबाट दुईजना र अन्य दलका
तर्फबाट एक–एक जना नेतालाई छलफलका लागि बोलाएका छन्। यस अघिका भेटमा
राष्ट्रपतिले शीर्ष दलका नेताहरुलाइ बारम्बार सहमतिको लागि आग्रह गरेपनि
दलहरु र तीनका नेताले टेरपुच्छर लगाएका छैनन् बरु दलहरु बिच उल्टै दुरी
बढ्दै गएको देखिन्छ । विशेषगरि माओवादी सहित मोर्चा र कांग्रेस-एमालेका
सहितका विपक्षीदलहरु विच दन्द्ध बढ्दै गएको छ।
यसअघि पनि दलका नेताहरुलाई सहमित गर भन्दा भन्दा आजित भएकाराष्ट्रपतिले
आजको बैठकमा पहिले सहमतिको लागि भइरहेको प्रयासको जानकारी माग्ने र
त्यसपछि आफ्ना प्रस्ताव बताउने राष्ट्रपति स्रोतले जनाएको छ ।
आजको राष्ट्रपतिको आग्रह पनि रछ्यानमा मिल्काइए राष्ट्रपतिले कडा
राजनैतिक स्टेपको तयारी गरेको राजनैतिक वृतमा चर्चा छ । आजको छलफल दिउसो
३ बजे पछि राष्ट्रपति कार्यालयमा हुनेछ ।
Comments:

No comments:

Post a Comment