Sunday, September 30, 2012

किन दुर्घटना भयो जहाज?

सुशील भट्टराई, काठमाडौं, असोज १४ - त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलले सीता एयरको शुक्रबार
बिहान सबेरैको जहाज दुर्घटना चरा ठोक्किएर भएको औपचारिक घोषणा गर्यो। तर,
कसरी भन्ने अझै
सार्वजनिक नगरे पनि निजी वायुसेवा कम्पनीहरूको छाता संगठनका एक उच्च
पदाधिकारीले यसबारे
खुलासा गरेका छन्। वायुसेवाका छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष
क्याप्टेन रामेश्वर थापाले शुक्रबार
सीता एयरको जहाज दुर्घटना कसरी भयो भन्ने खुलासा गरेका हुन्। 'सीताको
जहाज धावनमार्गबाट उड्नासाथ दायाँ पखेटातर्फ रहेको इन्जिनमा चरा (चिल)
ठोक्कियो,'
क्याप्टेन थापाले शनिबार नागरिकसँग भने,
'चरा ठोक्किएपछि दायाँ इन्जिनमा घुमिरहेको पंखा (प्रोपेलर) को टुक्रा उछिट्टिएर
पुच्छरको 'भर्टिकल फिन' (रड्डार) मा प्वाल पार्यो।' उनका अनुसार भर्टिकल
फिन जहाजको महत्वपूर्ण भाग हो। यो दायाँ-बायाँ चल्छ। यसले जहाजलाई दायाँ-
बायाँ कुन दिशामा लैजाने भन्ने निर्क्याेल गर्छ। यो बायाँ चल्दा जहाज
दायाँतिर जान्छ भने
दायाँ चल्दा जहाज बायाँतिर जान्छ। यो फाइबरले बनेको हुन्छ। यसको उचाइ
करिब १२ फिट हुन्छ। यही भर्टिकल फिन प्वाल परेपछि (तस्बिरमा रातो घेरा)
जहाज अनियन्त्रित हुँदै भक्तपुर
मनोहरा खोला किनारमा दुर्घटनाग्रस्त भएको थापाले जानकारी दिए। 'जहाज आगो लाग्दै
भुइँमा खसेको भनिए पनि त्यही भर्टिकल फिनबाट धुवाँमात्र निस्किएको थियो,' उनले भने,
'भुइँमा बजारिएपछि मात्र जहाजमा आगलागी भएको थियो। दुर्घटना छानबिन
आयोगलाई यो तथ्यले
थप सहयोग गर्ने विश्वास छ।' विमानस्थल टावर स्रोतका अनुसार धावनमार्गबाट
उडेर जहाज ५० फिटमाथि पुग्दा चरासँग
ठोक्किएको थियो। धावनमार्गबाट १५ मिटर माथि उडेपछि मात्र त्यसलाई 'टेकअफ' भनिन्छ।
चरा ठोक्किए पनि जहाज अगाडि गइरह्यो। त्यसपछि चालकदलले जहाजलाई पूरै घुमाएर
पुनः विमानस्थलतिरै फर्काउन खोजे पनि ढलपल हुँदै बायाँपट्टि ढल्किँदै
जहाज भुइँमा खसेको थियो। एक वरिष्ठ पाइलटका अनुसार जहाज उडिरहेसम्म दुबै
इन्जिन चलाइरहनुपर्छ। निश्चित
उचाइमा उडिरहेका बेला जहाजमा चरा ठोक्किएर एउटा इन्जिनले पूर्णरूपमा काम गर्न छाडे
पनि अर्को इन्जिनले सहजै अवतरण गराउन सक्छ। 'दुई इन्जिन भएको जहाजलाई
एउटैको भरमा पनि अवतरण गराउन सकिन्छ,' उनले भने, 'तर, एउटामात्र
इन्जिन भएकामा समस्या आयो भने सकेसम्म चाँडो 'ग्लाइड' गराउँदै नजिकैको
खुला चौर वा सम्म
बाटो वा खेतमा अवतरण गराउन सकिन्छ।' एउटा (सिंगल) इन्जिन भएका जहाजको तौल
कम र बढीमा ६
देखि १० सिट हुने उनले बताए। हेलिकोप्टर कम्पनी सिमि्रक एयरका अध्यक्ष र
क्याप्टेनसमेत रहेका थापाले शुक्रबार बिहान
सीताको त्यही जहाजमा लुक्ला जान टिकट बुक गरेका थिए। 'कामका सिलसिलामा लुक्ला जान
पहिलो उडानमै टिकट बुक गरेको थिएँ,' उनले भने, 'बिहान विमानस्थल जानुअघि आज
नभ्याइएलाजस्तो लाग्यो र सवा ५ बजे टिकट रद्द गराएँ। आफू नगएको जहाज
उडेको एक मिनेटमै
दुर्घटनाग्रस्त भएको सुनेपछि मुटु नै ढक्क फुल्यो। धन्न, भाग्यले बाँचे।'
सीताको कलसाइन ९ एन एएचए डोर्नियर-२२८ मोडेलको उक्त जहाज शुक्रबार बिहान
६ः१७ बजे
त्रिभुवन विमानस्थलबाट उडेको एक मिनेटमै दुर्घटनाग्रस्त हुँदा १९ जनाको
मृत्यु भएको थियो।
दुर्घटनास्थल मनोहरा नदी किनार विमानस्थल धावनमार्गबाट करिब ५ सय मिटर
पूर्वमा पर्छ। जहाजलाई क्याप्टेन विजय तण्डुकारले कमान्ड गरेका थिए।
साथमा को-पाइलट थाकेसी थापा र एयर होस्टेस
रुजा शाक्य थिइन्। यात्रुमा चार नेपाली, सात बेलायती, चार चिनियाँ र एक
अमेरिकी थिए।
दुर्घटनामा एक अमेरिकी पनि
सीता एयरको डोर्नियर जहाज दुर्घटनामा एक अमेरिकीको पनि मृत्यु भएको
पुष्टि भएको छ। दुर्घटनापछि सीता एयरले त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थललाई उपलब्ध गराएको नाम सार्वजनिक
हुँदा चालकदलका तीनसहित यात्रुतर्फ चार नेपाली, सात बेलायती र पाँच
चिनियाँ रहेको उल्लेख थियो। 'पाँच चिनियाँको नाम सार्वजनिक भए पनि अहिले
तीमध्ये एकजना अमेरिकी नागरिक
भएको पत्ता लाग्यो,' सरकारका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने,
'पासपोर्टको प्रतिलिपि हेरेपछि उनी अमेरिकी भएको पुष्टि भयो।' उनका
अनुसार दुर्घटनामा ज्यान गुमाएका अमेरिकी नागरिक चिनियाँ मूलका थिए।
अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका विद्यार्थी उनको नाम वु हुई थियो।
उनको पासपोर्ट नम्बर ४८५२८३७८ हो। उनले सीताबाट पाएको हवाई टिकट नम्बर
७२०६३ थियो। बेलायती अधिकारी काठमाडौंमा
जहाज दुर्घटनाबारे सत्यतथ्य बुझ्न बेलायतबाट दुई अधिकारी शनिबार काठमाडौं
आएका छन्। बेलायत
सरकारले खटाएका उनीहरूले यहाँ गठित दुर्घटना छानबिन आयोगसँग मिलेर काम
गर्ने आयोगका सदस्य
सचिव सुरेश आचार्यले जानकारी दिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन
(आइकाओ) को प्रावधानअनुरूप बेलायतबाट स्टुआर्ट हकिन्स र
जेरेन्ट हार्बर यहाँ आएको आचार्यले जानकारी दिए। कुनै पनि जहाज
दुर्घटनापछि मृतकका देश र जहाज
निर्माता कम्पनीका प्रतिनिधि सम्बद्ध देश जान पाउने आइकाओको नियम छ।
'बेलायतीहरू दुर्घटनास्थल जान पाउँछन्, यहाँ सम्बद्ध वायुसेवा कम्पनी,
विमानस्थल, प्राधिकरणलगायत
सबै निकायमा गई दुर्घटनाबारे बुझ्न पनि पाउँछन्,' आचार्यले भने, 'जहाज
निर्माता कम्पनी जर्मनीको डोर्नियरका प्रतिनिधि पनि आउने खबर आएको छ। चीनबाट आउने/
नआउनेबारे कुरा भइरहेको छ।' वायुसेवालाई गम्भीर हुन निर्देशन
सीताको जहाज दुर्घटनापछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक
उड्डयनमन्त्री पोस्टबहादुर
बोगटीले सबै वायुसेवा कम्पनीका सञ्चालकलाई बोलाएर उडान सुरक्षामा
'गम्भीर' हुन निर्देशन दिए। मन्त्री बोगटीको अध्यक्षतामा शनिबार नेपाल
नागरिक उड्डयन प्राधिकरणमा झन्डै चार
घन्टा भएको बैठकमा उनले सबैखाले वायुसेवा कम्पनीलाई गुणस्तर सुनिश्चितता
र उडान सुरक्षामा गम्भीर
हुन निर्देशन दिएका हुन्। त्यसैगरी उनले प्राधिकरणबाट नियमनमा विशेष
ध्यान दिइँदै प्राविधिक तथ्यांक अद्यावधिक
गरी अनुगमन तथा सुपरिवेक्षण व्यापक गराउन निर्देशन पनि दिए। 'यसमा
वायुसेवा कम्पनीमात्र होइन, सम्बद्ध सरकारी निकाय पनि गम्भीर हुनुपर्छ,'
मन्त्री बोगटीले
भने, 'सीताको जहाज दुर्घटना भएको आधा घन्टामै बेलायती र चिनियाँ
दूतावासले आफ्ना नागरिकबारे
सोधपुछ गरे, तर दुई दिन बितिसक्दा पनि हामीले सही व्यक्ति पत्ता लगाउन
सकेका छैनौं।' उनका अनुसार दुर्घटनालगत्तै यात्रुको
नागरिकता/परिचयपत्र/पासपोर्टको प्रतिलिपि पाउन
सकिएन। जहाजमा ब्यागेज हालेको भए पनि 'मेनिफेस्टो' मा आधिकारिक हस्ताक्षर थिएन।
'अझै हामीले मृतक विदेशी यात्रुको पासपोर्टको प्रतिलिपि पाउन सकेका
छैनौं। यस्तो पाराले
कसरी काम गर्न सकिन्छ? विदेशीलाई के जवाफ दिने? यो गम्भीर विषय हो,'
मन्त्री बोगटीले भने,
'यो घटनाबाट सम्बद्ध सबै सतर्क हुन जरुरी छ।' बैठकमा मन्त्रालयका
अधिकारीसहित प्राधिकरण, त्रिभुवन विमानस्थल र नेपाल
वायुसेवा निगमका अधिकारीहरू थिए। यसैगरी बैठकले काठमाडौं, पोखरा र
नेपालगन्जमा तुरुन्त उडान
सुरक्षा निरीक्षक तैनाथ गर्ने निर्णय पनि गरेको छ। विमानस्थल सुरक्षा, प्राधिकरण र
वायुसेवा कम्पनीबीच राम्रो समन्वय गराउन निरन्तर बैठक गर्ने निर्णय पनि
भएको छ। अड्कलबाजीमा अलमल (समाचार टिप्पणी)
राजेश केसी-
सीता एयर विमान दुर्घटनामा Ãरक मिडियामा Ãरक सूचना आए। कसैले रिपोर्टिङ
गर्दा 'डोर्नियर'
जहाजलाई 'टि्वनअटर' भने, त्यो पनि अशुद्ध रुप 'टि्वनेटर'। स्थानीयको 'बस्ती जोगाउन
मैदानमा अवतरण गराएको' भन्ने बुझाइलाई प्राधिकरणका हाकिम र मिडियाले पुष्टि नै गरे।
आधिकारिक सरकारी निकाय नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ हाकिमले चरा
ठोक्किएर दुर्घटना भएको निर्क्योल नै गरिदिए। कुनै मिडियामा 'पाइलटले
फर्केर ल्यान्ड गर्छु भनेको' आयो,
कुनैले 'त्यस्तो केही नभनेको' भने।
फरक सूचनाले जनमानसमा अन्योल बढाउँछ। ब्रेकिङ न्युजको हतारमा भएका
अड्कलबाजी गलत साबित
भए विश्वसनीयता गुमाइन्छ। मिडिया आफैं निर्क्योल गर्ने र पुष्टि गर्ने आधिकारिक
संस्था होइन। घटनाको सत्यतथ्य बुझेर आधिकारिक निकायको भनाइ वा पुष्ट्याइँलाई
सर्वसाधारणमा पस्कने माध्यममात्र हो। गम्भीर प्रकृतिको रिपोर्टिङ गर्ने
पत्रकारमा त्यसबारे थोरै भए पनि जानकारी अत्यावश्यक हुन्छ। प्राधिकरणका
जिम्मेवार व्यक्ति पनि भावनामा बगेर
अड्कलबाजीमै अलमलिए।
सीता एयर दुर्घटनाका कारण अनेक हुन सक्छन्। तर सत्यतथ्य र सूक्ष्म छानबिन
रिपोर्ट नआउँदै
मिडिया र प्राधिकरण 'चरा' मा मात्रै केन्द्रित हुँदा गम्भीर त्रुटि
लुकाइन सक्छ। विमान
दुर्घटना तीन कारणले हुन्छन्- १. मानवीय त्रुटि २. प्राविधिक त्रुटि र ३. मौसम।
हाम्रो दुर्घटनाको इतिहासमा मानवीय त्रुटि अत्यधिक छ। विगतका छानबिन
रिपोर्टमाथि गम्भीरता नअपनाउनाले नेपाली आकाश झन्झन् असुरक्षित हुँदैछ
संसारमै।
खासगरी नागरिक उड्डयन प्राधिकरण नै यसमा मुख्य जिम्मेवार छ। उसको निगरानी, छानबिन,
जाँचबुझ, कारबाही साह्रै फितलो छ। जीवितलाई निगरानी नराख्ने प्रतिवाद
नगर्ने (प्रायः मरेका) लाई
दोष दिएर पन्छिने परिपाटी बसेको छ।
सीता एयरमा चरा ठोक्किनु प्रारम्भिक कारण देखिन्छ। तर चरा ठोक्किएपछि पनि सफल अवतरण
गराएका अनुभवी पाइलट नेपालमा धेरै छन्। कुनैकुनै पुराना पाइलटको त २/३
पटककै अनुभव छ। यस्तो (इन्जिन फेल भएको) अवस्थामा सफल अवतरण गराइने
प्रशिक्षण नै हुन्छ।
चरा ठोक्किएको घटनामा दुइटा कारणले सफल अवतरण हुन्छ- १. जहाज एउटा
इन्जिनको भरमा पनि उड्छ
२. पाइलटको धैर्य र कार्यकुशलता। जहाज तीव्र गतिमा छ भने दुवै इन्जिन बन्द भए
पनि नजिकैको रनवे अथवा खाली मैदानमा सफल अवतरण हुन्छ। विगतमा नेपालगन्जमा खेतमा सÃल
अवतरण गराइएको छ, जहाजको इन्धन सकिँदा। त्यसकारण मिडियाले सीता एयरको
दुर्घटनामा 'चरा'
बाहेक अन्त पनि ध्यान दिनु जरुरी छ। केही मुख्य बुँदाः - जहाजले जमिन
छाडेपछि अनियन्त्रित देखेर टावरका एटिसीले 'के भयो' भनी सोध्दा पाइलटले
'चरा ठोक्किएको' जानकारी गराए भनिएको छ। यसबाहेक कुनै संवाद नभएको भनिएको छ।
चरा ठोक्किएको एक मिनेटभित्रै जहाज दुर्घटनाग्रस्त भएको छ।
- जहाजलाई 'आइएफआर (यन्त्रमा भर परेर उड्ने) इग्रिस वान अल्फा डिपार्चर'
दिइएको थियो।
यसको मतलब कोटेश्वरपट्टि टेकअफ गर्नासाथ दायाँ मोडिएर काठमाडौंलाई फन्को
मारेर ७ हजार पाँच सय
फिटको उचाइपछि पूर्व लाग्नुपर्ने। तर जहाज फनक्कै बायाँ मोडिएको छ
टावरलाई जानकारी नदिई। - जहाज पाइलटको नियन्त्रणमा भएको भए जानीबुझी
फाँटैमा अवतरण गर्दा पनि पेट घिसारिन्छ
केही परसम्म। अर्थात् जुनसुकै अवस्थामा ल्यान्ड गर्दा नाक उचालिन्छ। तर
सीता एयरको जहाज माथिबाट
सोझै नाकले जोत्तिएको अवस्थामा छ। सम्पूर्ण भग्नावशेष ३०/४० फटको दूरीभित्रै छन्।
प्रत्यक्षदर्शी पनि त्यही बताउँछन्। उडान अवधिमा टेकअफ अवस्थाको जहाजको
गति कम हुन्छ।
- जर्मनीमा बनेको यस डोर्नियर डिओ २२८ विमानको प्रारम्भिक उडान नियन्त्रण
प्रणाली यान्त्रिक हुन्छ। विद्युतीय गडबडीले 'आइएफआर' प्रणाली शून्य हुन
जान्छ र रेडियो सञ्चार पूरै बन्द हुन्छ। जहाज चालकको नियन्त्रण बाहिर
जान्छ। विद्युतीय गडबडी (जेनरेटर फेलियर) ले नै
दुई वर्षअघि अग्नि एयरको यस्तै 'डोर्नियर २२८' जहाज मकवानपुरको
शिखरापुरमा १० हजार ५ सय
फिटको उचाइबाट सोझै खसेको थियो।
- ख्याल गर्नुपर्ने मुख्य मुद्दा हो : टावर र पाइलटबीचको संवाद। पाइलटले
'आपतकालीन अवस्था' किन
डिक्लियर गरेनन्? जब कि बायाँ मोड्नलाई पनि टावरको अनुमति चाहिन्छ, किन लिइएन?
'चरा ठोक्किएको' भनाइपछि बिल्कुलै संवाद नभएको प्राधिकरणले बताएको छ।
संवाद नै नहुँदा तीन मिनेटको घटनामा चार प्रश्न उब्जिएका छन्ः १. के दुवै
पाइलट अत्तालिए? २.
कि टावरका एटिसीले सुनेनन् वा बुझेनन्? ३. के चरा ठोक्किएलगत्तै रेडियो र
न्याभिगेसन सिस्टम
पूर्ण रूपमा बन्द भएर जहाज अनियन्त्रित भयो? ४. कि (पुरानै) गडबडी पनि आउनु
चरा पनि ठोक्किनु भएको हो? त्यस दिनको त्यो पहिलो टेकअफ थियो।
यी प्रश्नका जवाफ जहाजको मेन्टेनेन्स रेकर्ड, फ्लाइट डाटा रेकर्डर र
ककपिट भ्वाइस रेकर्डरले दिनेछ।
त्यसैले अहिले मिडिया र प्राधिकरणका हाकिमले अड्कलबाजीमा ठोकुवा नगर्नु
उपयुक्त होला।

No comments:

Post a Comment